ताजा अपडेटः

इजरायलको आक्रमणबाट गाजामा ८५०० प्यालेस्टिनीको मृत्यु

इजरायलको आक्रमणबाट गाजामा ८५०० प्यालेस्टिनीको मृत्यु प्रकाशित मिति: १३ कार्तिक २०८०, सोमबार ०८:२३

काठमाडौं । गाजामा इजरायली आक्रमणबाट ८, ५०० प्यालेस्टिनीहरूको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले दाबी गरेका छन् । अलजजीराका अनुसार अक्टोबर ७ यता गाजामा कम्तीमा ८, ५०० प्यालेस्टिनी मारिएका छन् भने इजरायलमा हमासको आक्रमणमा परी १, ४०० बढीको मृत्यु भएको छ ।

इजरायल-हमास द्वन्द्वबाट गाजामा बालबालिका चपेटामा परेका छन् । सेभ द चिल्ड्रेनका अनुसार सन् २०१९ यता हरेक एक वर्ष गाजामा द्वन्द्वका कारण मारिएका बालबालिका भन्दा पछिल्लो तीन सातामै धेरै बालबालिकाको मृत्यु भइसकेको छ ।

इजरायलले गाजाको अल–कुद्स अस्पताल समेत खाली गर्न भनेको छ । अस्पतालमा हुने बमबारीले विश्व चिन्तित भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले बताएको छ । गाजामा राहत वितरणमा समेत अवरोध भएको छ । स्राेत :- onlinekhabar



Ads