ताजा अपडेटः

मोटरसाइकल दुर्घटनामा पाल्पामा एक जनाको मृत्यु

मोटरसाइकल दुर्घटनामा पाल्पामा एक जनाको मृत्यु प्रकाशित मिति: ११ कार्तिक २०८०, शनिबार १६:४३

पाल्पा । पाल्पाको माथागढी गाउँपालिका १ बिरौटामा आज शनिबार दिउँसो मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । स्याङ्जाबाट बुटवलतर्फ जादैँ गरेको लु १४ प ८८७१ नम्बरको मोटरसाइकल माथागढीमा दुर्घटना हुँदा वालिङ नगरपालिका ५ बस्ने ४१ वर्षीय मोहनीलाल थापाकाे मृत्यु भएकाे हाे । दुर्घटनामा गम्भीर घाइते भएका थापाकाे उपचारको लागि जिल्ला अस्पताल पाल्पा पठाइएकोमा डाक्टरले चेकजाँचका क्रममा  मृत घोषणा गरेको  जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता एवं सुचना अधिकारी प्रहरी नायव उपरीक्षक सुगन्ध श्रेष्ठले जानकारी दिनुभएकाे छ । मोटरसाइकल सडकबाट अन्दाजी १० मिटर तल खसेको र दुर्घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले बताएको छ ।



Ads