ताजा अपडेटः

दाङमा दशैँभर करिब ७ सय गाडी कारबाहीमा, ५ लाख रुपैयाँ भन्दा बढी राजस्व सङ्कलन

दाङमा दशैँभर करिब ७ सय गाडी कारबाहीमा, ५ लाख रुपैयाँ भन्दा बढी राजस्व सङ्कलन प्रकाशित मिति: १० कार्तिक २०८०, शुक्रबार १७:११

दाङ – दाङमा दशैँको अवधिमा छ सय भन्दा धेरै गाडी ट्राफिक प्रहरीको कारबाहीमा परेका छन् । गएको असोज २८ गतेदेखि कात्तिक ८ गतेसम्ममा ६ सय ७९ वटा गाडी कारबाहीमा परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रमुख किरण प्रकाश मल्लले जानकारी दिनुभयो ।
प्रमुख मल्लका अनुसार ६ सय ७९ वटा गाडी कारबाहीबाट ५ लाख १३ हजार ५ सय रुपैँया राजस्व सङ्कलन भएको छ । दशैँको अवधिमा जिल्लामा झण्डै दैनिक ८५ वटा गाडी कारबाहीमा परेको प्रहरीले जनाएको छ । कारबाहीमा पर्नेमा सबैभन्दा मोटरसाइकल रहेका छन् । दशैँमा मात्रै २ सय ७७ वटा मोटरसाइकल कारबाहीमा परेका छन् । जसबाट दुई लाख १४ हजार ५ सय रुपैँया राजस्व सङ्कलन भएको छ । हेलमेट नलगाउने, लाइसेन्स नबोक्ने, दुई जना भन्दा धेरै बोकेर मोटसाइकल चलाउनेहरु कारबाहीमा परेको प्रमुख मल्लले जानकारी दिनुभयो ।
मोटरसाइकल पछि कारबाहीमा पर्नेमा जिप तथा कार रहेको छ । यसैक्रममा ट्राफिक नियम विपरीत गाडी चलाउने एक सय २ जना चालकलाई कारबाही गरिएको छ । जसबाट ८५ हजार ५ सय रुपैँया राजस्व सङ्कलन भएको छ । त्यस्तै एक सय ९ वटा अटोरिक्सा कारबाहीबाट ७४ हजार ५ सय रुपैँया, ८७ वटा ट्रकबाट ६२ हजार ५ सय, ६७ वटा बसबाट ५० हजार ५ सय र ३७ वटा ट्रयाक्टरबाट २६ हजार रुपैँया राजस्व सङ्कलन भएको प्रहरीले जनाएको छ ।स्रोतःउज्यालो



Ads