ताजा अपडेटः

दुई महिनामा चीन र भारतबाट साढे ६ करोडको तास आयात

कल्पना खरेल
दुई महिनामा चीन र भारतबाट साढे ६ करोडको तास आयात प्रकाशित मिति: ९ कार्तिक २०८०, बिहीबार १६:५७

नेपालमा चालु आर्थिक वर्ष २०८०/०८१ को दुई महिनामा करिब साढे ६ करोडको तास आयात भएको छ । भन्सार विभागका अनुसार चालु आवको साउन र भदौमा ६ करोड ४४ लाख ८४ हजार रुपैयाँको तास आयात भएको छ । सरकारले चार करोड चार लाख ३३ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । भन्सार विभागका अनुसार नेपालले भारत र चीनबाट तास आयात गरेको छ ।
भारतबाट ४३ लाख ६३ हजारको तास आयात गरेको छ भने चीनबाट ६ करोड एक लाख २१ हजारको तास आयात भएको भन्सार विभागले जनाएको छ ।स्रोतःनारायणी अनलाइन




Ads