काठमाडौं। प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड माओवादीको आधार इलाका रुकुम पश्चिममा जानु भएको छ । आज आयोजित एक सहिद मेलालाई सम्बोधन गर्न प्रधानमन्त्री प्रचण्ड हेलिकोप्टरमार्फत रुकुम पुग्नु भएको हो।
रुकुम पुगेलगत्तै प्रधानमन्त्री प्रचण्ड ‘जनतासँग माओवादी विशेष रूपान्तरण’अभियान अन्तर्गत माओवादी केन्द्र रुकुम पश्चिम बाफिँकोट गाउँपालिका-६ र ७ को विस्तारित बैठकमा पनि सहभागी हुनु भएको थियो।
साथै सहिद परिवार, घाइते परिवार र अगुवा कार्यकर्तासँग भेटघाट गर्ने कार्यतालिका रहेको र आजै काठमाडौँ फर्कने कार्यतालिका रहेको छ। कार्यक्रमका लागी माओवादी उपमहासचिव जनार्दन शर्मा र कणर्ाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मा पनि जिल्लामा पुग्नु भएको छ । स्रोतःनेपाली नेटवर्क