ताजा अपडेटः

एमाले नगर कमिटी सुनवलद्वारा शुभकामना आर्दान प्रदान कार्यक्रम सम्पन्न

एमाले नगर कमिटी सुनवलद्वारा शुभकामना आर्दान प्रदान कार्यक्रम सम्पन्न प्रकाशित मिति: ३ कार्तिक २०८०, शुक्रबार २०:२९


कल्पना खरेल, नवलपरासी । नेपाल कम्युनिष्ट पार्टी एमाले नगर कमिटी सुनवलले आज शुक्रबार नेपालीहरुको महान पर्व वडा दशै, शुभ दिपावाली, नेपाल सम्बत तथा छठ पर्व २०८० को अवसरमा शुभकामना आदा नप्रदान कार्यक्रम सम्पन्न गरेकाे छ ।
कार्यक्रम नगर कमिटि अध्यक्ष दुर्गा नारायण सुबेदिको अध्यक्षतामा तथा पार्टी केन्द्रीय सदस्य एबम प्रतिनिधि सभा सदस्य मानानिय सरिता भुसाल खनालको प्रमुख आतिथ्यतामा शहिद बिष्णु पाण्डे प्रतिस्ठान सुनवल-५ बनकट्टिमा सम्पन्न भएकाे हाे ।


कार्यक्रमलाई सम्बोधन गदै प्रमुख अतिथि खनालले पार्टीको विभिन्न कमिटिमा र जनवर्गिय संगठनमा आबद्व सम्पुर्ण पार्टी सदस्यहरुलाई एक ढिक्का भएर लगाडि बढ्न आग्रह गर्नुभयाे । जिल्ला कमिटी अध्यक्ष दीपेन्द्र अधिकारी, प्रदेश सदस्य थान प्रसाद गैरे, सदस्यहरू सुर्य प्रसाद न्याैपाने, सरस्वती सुवेदी, लक्ष्मी क्षेत्री , जिल्ला कमिटिका उपाध्यक्ष डोलराज भण्डारी, सचिब धिरज शर्मा, नगर उप प्रमुख सुर्य प्रसाद दुबे लगएतले शुभकामना मन्तव्य मन्तब्य व्यक्त गर्नुभएकाे थियाे ।
नगर अध्यक्ष दुर्गा नारायण सुवेदीकाे स्वागत र उप सचिब पदम बहादुर छेत्रीकाे संचालनमा सम्पन्न कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी एमालेका नगर कमिटी ,जिल्ला कमिटी र केन्द्रीय कमिटीमा आवद्व पार्टी सदस्यहरूकाे उपस्थिति रहेकाे थियाे ।



Ads