ताजा अपडेटः

सुनवल नगरपालिमा सहकारी संस्थाहरू सगँ अन्तर्किया तथा दशैं शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन्न

सुनवल नगरपालिमा सहकारी संस्थाहरू सगँ अन्तर्किया तथा दशैं शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन्न प्रकाशित मिति: १ कार्तिक २०८०, बुधबार २१:५६


कल्पना खरेल,नवलपरासी ।  सुनवल नगरपालिकाकाे आयाेजनामा आज बुधबार नगरभित्रका सहकारी संस्थाहरूसगँ अन्तर्किया तथा विजया दशमीकाे शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएकाे छ ।
नगरप्रमुख विमला अर्यालको अध्यक्षता तथा लुम्बिनी प्रदेश सांसद खड्क बस्नेतकाे प्रमुख आतिथ्यतामा भएकाे उक्त कार्यक्रममा सहकारीकाे अवस्था, सहकारीकाे पार्दर्शिता,सहकारीकाे सदस्यप्रति उत्तरदायी,उत्पादनमुखी र विचाैलियाकाे अन्त्यका लागि सहकारी अभियान लगायतका विषयमा अन्तर्क्रिया गरिएकाे हाे ।


कार्यक्रमलाई सम्बाेधन गर्दै प्रमुख अतिथि खड्क बस्नेतले  सर्वसाधारण जनतालाई  सहजै सहुलियत दरमा ऋण प्रभाह गर्ने र बचत गर्ने बानीकाे विकास गरी सुनिश्चित भविष्य निर्माण गर्ने उदेश्य सहित सहकारीकाे स्थापना गरिएकाे भन्दै , सहकारीले अब कृषिमा,पशुपालन लगाएतका उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्ने बेला आएकाे धारणा राख्नुभयाे । उहाँले सहकारीले आफ्ना सेयर सदस्यलाई सिपसगँ जाेड्नुपर्ने,  राेजगार सृजना गर्नुपर्ने, आत्मनिर्भर बनाउनुपर्ने भन्दै संख्यात्मक भन्दा गुणात्मक विकासमा जाेड दिन आग्रह गर्नुभयाे ।


जहाँ लुम्बिनी बिशिष्टिकृत सहकारी संस्था लि. रुपन्देहीका अध्यक्ष डा.खगराज शर्माले सुशासन, नेतृत्व बिकाश, ब्यवसायिकता र आर्थिक समृद्धि,सहकारी विषयमा जानकारी गराउनु भएको थियो ।
कार्यक्रममा बाेल्दै जिल्ला सहकारी संघका अध्यक्ष  विष्णुप्रसाद पाैडेलले स्थानीय सरकारकाे गाैरभकाे याेजनामा रहेकाे शीत भण्डारमा सुनवल नगरपालिकाकाे डेढ कराेड लगानी रहेकाेले त्यसकाे संरक्षण गर्नुपर्ने र जवाफदेहि हुनुपर्ने तर्क राख्नुभयाे । प्रदेश सरकारबाट कुनैपनि बजेट नछुट्टाउनु र स्थानीय सरकारले संरक्षणमा उत्तरदायी भूमिका निर्भाह नगर्नु दुखद रहेकाे जिकिर गर्नुभयाे ।


त्यसैगरी जिल्ला समन्वय समिति प्रमुख भगौती प्रसाद यादव, प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्याल, खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ लुम्बिनी प्रदेश संयोजक थान प्रसाद गैरे,नेकपा माओवादी नगर सभापति माेहन कार्की लगायतले विजया दशमीको शुभकामना दिदै सहकारीले निक्षेप र ऋण प्रभाह मात्र नगरी आयआर्जनका क्षेत्रमा पनि जाेड दिनुपर्ने सुझाव दिए । साथै प्रत्येक सहकारीहरूले कृषिलाई राेजगार  र व्यवसायीकरण गर्दै लैजान आग्रह समेत गरेका थिए ।


उपप्रमुख सुर्य प्रसाद दुवेको स्वागत र  आर्थिक शाखा प्रमुख खेमराज ढकालकाे संचालन रहेकाे कार्यक्रमलाई समापन गर्दै नगरप्रमुख अर्यालले स्थानीय सरकारले सहकारी सगँ समन्वय र सहकार्य गर्दै विभिन्न कृषि सामाग्रीहरू, कृषि ओैजारहरू,विउ विजन र मलखाद वितरण गर्दै आएकाे स्मरण गराउदै  सहकार्य गर्न सदैब तयार रहने प्रतिवद्वता व्यक्त गर्नुभयाे ।
उक्त कार्यक्रममा उद्योग वाणिज्य संघका प्रतिनिधि , नगरभित्रका सहकारी संस्थाका प्रतिनिधि, कार्यपालिका सदस्य, वडा अध्यक्ष ,कर्मचारी ,पत्रकार लगायतको सहभागीता रहेकाे थियाे ।