ताजा अपडेटः

कैलालीमा आगलागी हुँदा ७१ घर जलेर नष्ट

कल्पना खरेल
कैलालीमा आगलागी हुँदा ७१ घर जलेर नष्ट प्रकाशित मिति: ११ बैशाख २०७९, आईतवार २१:०९

कैलालीमा आगलागी हुँदा ७१ घर जलेर नष्ट भएका छन्।

कैलारी गाउँपालिका-७ काे विपदपुर सुकुम्बासी शिविरमा आइतबार दिउँसो गहुँकाे नलमा लगाएको आगाे गाउँमा सल्केकाे हाे। आगलागीबाट बस्तीका ७१ घरधुरी जलेर क्षति भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

कैलालीका प्रहरी प्रवक्ता डिएसपी बेदप्रकाश जाेशीले हालसम्म मानवीय क्षति नभएको बताए

उनले गौरीगंगा नगरपालिका, टिकापुर नगरपालिका र धनगढी उपमहानगरपालिकाका तीन दमकलले आगाे नियन्त्रण गर्न मद्दत पुगेको बताए।

आगलागी नियन्त्रणका लागि सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण हेडक्वाटर कैलालीको टोली, प्रहरी र स्थानीयकाे करिब ४ घण्टा प्रयासपछि आगाे नियन्त्रणमा आएकाे छ।

आगलागी प्रभावितहरू अहिले सडकमै बसेका छन्। के कति क्षति भयाे भन्नेबारे विवरण आएकाे छैन।
साभार : सेतो पाटी




Ads