ताजा अपडेटः

सुनवल बहुउद्देश्यीय सहकारी संस्थाकाे दाेस्राे वार्षिक साधारण सभा सम्पन्न

सुनवल बहुउद्देश्यीय सहकारी संस्थाकाे दाेस्राे वार्षिक साधारण सभा सम्पन्न प्रकाशित मिति: २८ आश्विन २०८०, आईतवार १९:४८

कल्पना खरेल, नवलपरासी  । सुनवल बहुउद्देश्यीय सहकारी संस्था लि. सुनवल १ पश्चिम नवलपरासीको दाेस्राे वार्षिक साधारण सभा सम्पन्न भएकाे छ । आज आइतबार संस्थाका अध्यक्ष तेजराज उपाध्यायको अध्यक्षता तथा वडा नम्बर १ का वडा अध्यक्ष मनबहादुर थापा मगरको प्रमुख आतिथ्यतामा उक्त साधारणसभा सम्पन्न  भएकाे हाे ।
साेहि क्रममा बाेल्दै  अध्यक्ष मनबहादुर थापा मगरले यश सहकारी संस्थाले कुष्ठ प्रभावित व्यक्ति , अपांगता भएका व्यक्ति र सिमान्तकृत वर्गका व्यक्तिहरूलाई विभिन्न समुहमा आवद्व गराई समाजमा व्याप्त लैङ्गिक हिंसालाई न्यूनीकरण गर्न महत्त्वपूर्ण भुमिका खेलेकाे बताउनुभयाे । सभामा अध्यक्ष उपाध्यायले वार्षिक प्रगति तथा कार्ययोजना प्रतिवेदन प्रस्तुत,  सचिव धीरज श्रेष्ठले आर्थिक प्रतिवेदन प्रस्तुत  र व्यवस्थापक स्मृति थापाले २० बुदे कार्य याेजना र लक्ष्य प्रस्तुत गर्नुभएकाे थियाे ।
यस्तै सहकारीकाे २०७९/०८० कुल सम्पत्ति  १५ लाख ८४ हजार १ सय ६२ , कुल आम्दानी २ लाख ३८ हजार ३ सय २ , कुल बचत ५ लाख ८४ हजार १ सय ८८  रहेकाे छ  भने संस्थाकाे कुल सेयर सदस्य १६० जना रहेका छन् । व्यवस्थापक स्मृति थापाकाे संचालन रहेकाे कार्यक्रममा समाजसेवी ओमनाथ पाेख्रेल, समाजसेवी संजय श्रेष्ठ , सुनवल सामुदायिक सहकारी संस्थाका लि.  अध्यक्ष गाेविन्द  प्रसाद  ढकाल लगायतले शुभकामना  मन्तब्य व्यक्त गर्नुभएकाे थियाे ।



Ads