ताजा अपडेटः

नापी प्राविधिक समाज नवलपरासीको अध्यक्षमा दलबहादुर ओली निर्वाचित

नापी प्राविधिक समाज नवलपरासीको अध्यक्षमा दलबहादुर ओली निर्वाचित प्रकाशित मिति: २७ आश्विन २०८०, शनिबार २१:३३

नवलपरासी । पश्चिम नवलपरासीको रामग्राममा “पेसागत ऐक्यवद्धता आधुनिक नापीमा प्रतिबद्धता “भन्ने मुल नाराका साथ नापी प्राविधिक समाज नवलपरासी  गठन गरिएको छ । आज सनिवार जिल्लाका ७ वटै स्थानीय तह, राष्ट्रिय भूमि आयोग , राष्ट्रिय आवासमा  कार्यरत तथा नापीको कार्य गर्दै आएका प्राबिधिकहरुकाे एक भेलाले उक्त  नापी प्राबिधिक समाज गठन गरेको हो।
भेलाले सुनवल  नगरपालिकाका नापी प्राबिधिक  दल बहादुर ओलीकाे अध्यक्षतामा ११ सदस्यीय समिति गठन गरेकाे छ।
जसकाे उपाध्यक्षमा शुसिल रावत ,सचिवमा अमृत भुषाल , सह-सचिवमा नरेन्द्र यादव, कोषाध्यक्षमा अनिल पोखरेल रहनुभएकाे छ भने सदस्यहरुमा क्रमशः निरज प्रजापति ,निरज कुमार पटेल, संजय कुमार गुरौ, अमन गुप्ता, यदु कुमार पुन, स्वस्तिका थापा चयन हुनुभएको छ । भने अर्को बैठकमा  विज्ञ सल्लाहकार समेत चयन गर्ने बताइएको  छ ।
भेलाले देशव्यापी रुपमा नापी प्राबिधिकहरुको हक अधिकार र संरक्षण सुनिश्चित गर्दै नापीको क्षेत्रमा कार्यरत प्राविधिकहरुको क्षमता अभिबृद्धि गर्नु, त्रुटीहरुको एकीकृत समाधान गर्नु, सबै प्राबिधिकहरुमा एकरुपतामा ल्याउनु, नापी कार्यक्षेत्रका सम्भावना, चुनौतीलाई समन्वयात्मक भूमिका मार्फत सुझाव सल्लाह र सहयोग गर्नु तथा स्थानिय तहका प्राविधिक,तथा प्राविधिक अध्ययन गर्दै गरेका, सेवामा रहेका र सेवाको अवसर खोजि गरेका सबैलाई समाजमा स्थान  दिएर पारदर्शी एवम चुस्त दुरुस्त बनाएर अगाडी बढ्ने निर्णय गरेकाे अध्यक्ष ओलीले  बताउनुभयो । त्यसैगरी  समाजले आगामी दिनमा नापी प्राबिधिकको क्षमता अभिवृद्धि गर्न बिशेष कार्यक्रम समेत ल्याउने बताइएकाे छ ।।



Ads