ताजा अपडेटः

जनता समाजवादी पार्टी नवलपरासी द्वारा दशै ,दिपावली तथा छठ शुभकामना आदानप्रदान कार्यक्रम

जनता समाजवादी पार्टी नवलपरासी द्वारा दशै ,दिपावली तथा छठ शुभकामना आदानप्रदान कार्यक्रम प्रकाशित मिति: २७ आश्विन २०८०, शनिबार १८:२५

 

सुरेश यादव,नवलपरासी । पश्चिम नवलपरासीको रामग्राम ४ बैरिहवा स्थित जनता समाजवादी पार्टी जसपाद्वारा नेपालीहरुकाे महान पर्व बिजया दशमी, दिपावली तथा छठकाे अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएकाे छ ।

जिल्ला अध्यक्ष धरेन्द्र यादवकाे अध्यक्षता तथा केन्द्रीय कार्य कारिणी सदस्य एवम् लुम्बिनी प्रदेश ईन्चार्ज तथा पुर्व मन्त्री राजकिशाेर यादवकाे प्रमुख आतिथ्यतामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएकाे हाे ।

कार्यक्रममा बाेल्दै प्रमुख अतिथि यादवले बिजया दशमी,दिपावली तथा छठकाे शुभकामना व्यक्त गर्दै जनता समाजवादी पार्टी एउटा यस्ताे पार्टी हाे संघियता निर्माण गर्न अहम भुमिका खेलेकाे  भन्दै  सबै प्रकारकाे अत्याचार,भ्रष्टाचारलाई नियन्त्रणमा लिनुपर्ने बताउनुभयाे । नेता जहिले पनि जनताकाे हरेक काममा सहयाेग गर्नुपर्ने जाेड दिनुभयाे ।

कार्यक्रममा केन्द्रीय सदस्य एवम् पुर्व रक्षा राज्य मन्त्री रामवचन यादव,केन्द्रीय सदस्य एवम् संविधान सभा सदस्य अलाउदिन अन्सारी,संघिय परिसद सदस्य तथा राेहिणी गाउँपालिका का अध्यक्ष बिधा प्रसाद यादव, केन्द्रीय सदस्य मुन्ना लाल गुप्ता,केन्द्रीय सदस्य महेन्द्र यादव,लुम्बिनी प्रदेश अध्यक्ष अशाेक यादव लगायतले शुभकामना मन्तव्य राख्नुभएकाे जिल्ला सचिव एवम् रामग्राम ४ का वडा अध्यक्ष मदन यादवले जानकारी दिनुभयाे । साथै कार्यक्रममा थारु झम्टा नाच,फरुवाही नाच लगायत सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएकाे कार्यक्रमकाे संचालन जिल्ला सह-सचिव कमलेश मालीले गर्नुभएकाे थियाे ।



Ads