ताजा अपडेटः

बर्दघाटमा सस्थागत विद्यालयका चालक र सहचालकलाई ट्राफिक सचेतना

बर्दघाटमा सस्थागत विद्यालयका चालक र सहचालकलाई ट्राफिक सचेतना प्रकाशित मिति: २७ आश्विन २०८०, शनिबार १८:१८

प्रकाश न्यौपाने


नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका भित्र रहेको सस्थागत विद्यालयका सवारी साधन चालक र सहचालकलाई ट्राफिक सचेतना दिइएको छ । बर्दघाट नगर प्याब्सनले आयोजना गरेको कार्यक्रममा बोल्दै प्याव्सनका केन्द्रिय सचिब सुवर्ण न्यौपानेले चालक र सह चालक विद्यालयहरुका ऎना भएको बताउनु भयो । विद्यालयको सवारी चालक अन्य चालक भन्दा सम्मानित भएको बताउदै सयौं विद्यार्थीहरुको जीवन लिएर हिड्ने चालकहरुले नियम अनुसार सवारी चलाउदा जोखिम कम हुने बताउनु भयो ।

कार्यक्रममा प्याव्सन नेपालका केन्द्रिय सदस्य सन्तोष अधिकारीले चालक र सहचालकबाट विद्यार्थीले धेरै कुरा सिक्ने बताउदै उहाले चालक र सहचालकले कपडा लगाउन र बोलिचाली समेत राम्रोसङ्ग ख्याल गर्नु पर्ने बताउनु भयो । जिल्ला प्याव्सनका अध्यक्ष गुरुदत्त पौडेलले चालकहरुले ३ /४ बर्षका बालबालिकालाई बिहान घरबाट विद्यालय र विद्यार्थीले पढिसके पछि विद्यालयबाट घर सुरक्षित तवरले ल्याजाने काम जागीर मात्रै नभए सेवाको कामसमेत भएको बताउनु भयो । कार्यक्रममा जिल्ला ट्राफिक कार्यालयका प्रमुख राजु खत्रीले सहजीकरण गर्दै सवारी साधन चलाउदा ध्यानदिनु पर्ने बिषय, ट्राफिक संकेतलगायतका बिषयमा चालक र सहचालक सहजीकरण गर्नु भएको छ ।

बर्दघाट नगर प्याव्सनको आयोजनामा भएको कार्यक्रममा जिल्ला ट्राफिक कार्यालयले सहजीकरण गरेको हो । कार्यक्रममा नगर प्याव्सनका अध्यक्ष सन्जय ढुंगानाको अध्यक्षता, सचिब हरि प्रसाद उपाध्याय को संचालन र स्वागत कोषाध्यक्ष लीलाराम अधिकारीले गर्नु भएको छ ।



Ads