ताजा अपडेटः

सशस्त्र प्रहरीले नष्ट गर्याे १० लाख बराबरको पटाका 

सशस्त्र प्रहरीले नष्ट गर्याे १० लाख बराबरको पटाका  प्रकाशित मिति: २३ आश्विन २०८०, मंगलवार १९:०६

कल्पना खरेल,नवलपरासी ।  पश्चिम नवलपरासीको रामग्रामबाट सशस्त्र प्रहरीले करिब १० लाख मुल्य बराबरकाे  पटाका बरामद गरेको छ  । गएराती ८.३० बजेको समयमा रामग्राम  १२ कुनवोर देखि भुमही हरकट्टा जाने बाटोमा   लुकाइछिपाइ राखेकाे उक्त पटाका   सशस्त्र प्रहरी बल नेपाल सुक्षा बेस परासी बाट सशस्त्र प्रहरी निरीक्षक  केशवराज भट्टराई को कमाण्डमा खटिएकाे टोलिले  ठूला मात्रामा पटाका बरामद गरेकाे हाे ।
भारतीय बजारबाट भित्र्याएर विभिन्न ठाउँमा पुर्‍याउने तयारीका साथ पिकअपमा लोड गर्दै गरेको अवस्थामा प्रहरीले पटका सगै करिब १४ लाख बराबरकाे पिकअप समेत बरामद गरेकाे सशस्त्र प्रहरी बल नम्बर २६ गण हेडक्वाटरका एसपी धीरेन्द्रराज न्यौपानेले बताउनुभएकाे छ ।
बरामद पटाकालाई पत्रकार , स्थानीयबासी र जिल्ला प्रशासनका प्रतिनिधिको रोहबरमा आज नस्ट गरिएको हाे । चाडपर्व नजिकिँदै  गर्दा सीमा क्षेत्रबाट पटाका ओसारपसार बढ्ने गरेको छ । जसलाई  रोक्न सशस्त्र प्रहरीले सीमा नाकामा गस्ती बढाइएको समेत जनाएको छ ।



Ads