ताजा अपडेटः

९ औं जितिया मेला महोत्सव २०८० सरावलमा सम्पन्न

९ औं जितिया मेला महोत्सव २०८० सरावलमा सम्पन्न प्रकाशित मिति: २२ आश्विन २०८०, सोमबार ११:०८

नवलपरासी | असाेज २१ अर्थात आइतबार ९ ‌औँ जितिया मेला महोत्सव पश्‍चिम नवलपरासीको सरावल गाउँपालिका वडा नं. १, भगड़ामा भव्यताका साथ मनाइएको छ । मेला समारोहमा अध्यक्ष पित्ताम्बर चौधरीकाे अध्यक्षता तथा  सरावल गाउँपालिकाका अध्यक्ष सुखाडी प्रसाद चौधरीकाे प्रमुख अतिथिमा सम्पन्न मेलालाई  सरावल गाउँपालिकाको आर्थिक सहयोग रहेकाे थियाे ।“हाथमे हाथ सब के साथ सकारात्मक परिवर्तनके लागि करहुँ अपने से सुरूवात” मूल नारा तथा “भाषा, संस्कृति, भेषभूषा, जातीय पहिचानको संरक्षण, शैक्षिक, सामाजिक उत्थान तथा जातीय विभेदको अन्त्य गर्नका लागि थारू महिलाहरूको समर्पन” भन्ने उदेश्य सहित आयोजना गरिएकाे यस जितिया मेलामा थारू समुदायका संस्कृति झिल्कने भेषभूषा, सामग्री,खानाका परिकारहरु राखिएकाे थियाे जसले मेलालाई निकै रोचक र भव्य बनाएकाे थियो ।

कार्यक्रमलाई सम्बाेधन गर्दै सरावल गाउँपालिका अध्यक्ष सुखाडी प्रसाद चौधरीले भूमिपुत्र थारू समुदायको आफ्नै  पुर्खाले आर्जित धर्म , सांस्कृति,परम्परा र भेषभूषा रहेकाे भन्दै यसकाे संरक्षण  र पुस्ता हस्तारन्तरणमा थारू समुदाय एक हुनुपर्ने विचार व्यक्त गर्नुभयाे ।  साे मेलामा सरावल गाउँपालिका उपाध्यक्ष वास्मती हरिजन,वडा नं. १ का  वडा अध्यक्ष बिष्णु प्रसाद भट्टराई, २का  कार्यवाहक वडा अध्यक्ष तुफानी लाल गुप्ता, ३ का वडा अध्यक्ष फिरङ्गी चौधरी, सरावल गाउँपालिका प्रशासकीय अधिकृत बिशाल मिश्रा र सरावल गाउँपालिकाका लेखा नरेश कोहार, लगायत विभिन्न संघसंस्था,यूवा क्लब र बाल क्लबकाे समेत सहभागीता रहेकाे थियाे ।  



Ads