ताजा अपडेटः

समावेशी कृषि सहकारी संस्थाकाे तेस्रो वार्षिक साधारणसभा   संस्थाकाे अध्यक्ष धनमाया गाैतम क्षेत्रीकाे अध्यक्षतामा सम्पन्न

समावेशी कृषि सहकारी संस्थाकाे तेस्रो वार्षिक साधारणसभा   संस्थाकाे अध्यक्ष धनमाया गाैतम क्षेत्रीकाे अध्यक्षतामा सम्पन्न प्रकाशित मिति: २१ आश्विन २०८०, आईतवार २०:११

कल्पना खरेल,नवलपरासी । समावेशी कृषि सहकारी संस्था लि. सुनवल -२,रजहवा, पश्चिम नवलपरासीकाे तेस्रो वार्षिक साधारणसभा आज आइतबार  संस्थाकाे अध्यक्ष धनमाया गाैतम क्षेत्रीकाे अध्यक्षतामा सम्पन्न भएकाे छ ।
जिल्ला सहकारी संघका अध्यक्ष विष्णुप्रसाद पाैडेलकाे प्रमुख आतिथ्यता रहेकाे  उक्त वार्षिक साधारणसभालाई सम्बाेधन गर्दै प्रमुख अतिथि पाैडेलले किसानलाई धनि बनाउने याेजना सहित सुनवल -२ मा सितभण्डार निर्माण गरिएकाे बताउनुभयाे । उहाँले  अहिलेसम्म किसानहरूले उत्पादन गरेका बस्तुहरू भण्डारणकाे समस्याले खेतबाटै बेच्नुपर्ने बाध्यताले गर्दा बिचाैलिया माेटाउने गरेकाे भन्दै सितभण्डार संचालन संगै किसानहरू आर्थिक रूपले सम्पन्न हुन सक्ने विश्वास व्यक्त गर्नुभयाे ।
त्यसैगरी साेहि कार्यक्रमा बाेल्दै  वडा  नम्बर २ का वडा अध्यक्ष राजेन्द्र यादवले सकारात्मक परिवर्तन सगै विकासमा वडा नम्बर २ ले राम्रो  गति लिएकाे भन्दै स्थानीय सरकार वडा र नगरबासी सगँ सदैव हातेमालो गरेर अगाडि बढ्न तयार रहेकाे प्रतिबद्धता व्यक्त गर्नुभयाे ।
उता लुम्बिनी सुनवल बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष लेखनाथ खरेल, प्रगतिशील सहकारी संस्थाकाे  अध्यक्ष तुल्सी कवर,जनता सम्झौता वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष  डाेलराज भण्डारी लगायतले बाेल्दै आजकाे बचत के का लागि र किन गरिन्छ भन्ने बारेमा विस्तृत जानकारी दिनुभएकाे थियाे । उहाँहरूले  आजकाे थाेपा- थाेपा बचतले  भाेलिकाे सुन्दर भविष्य  सुनिश्चित हुन सक्ने भन्दै बचत गर्ने बानीकाे विकास गर्न सबैलाई आग्रह गर्नुभयाे ।
कार्यक्रममा अध्यक्ष धनमाया गाैतम क्षेत्रीले आव २०७९/०८० को कार्य प्रगति तथा आव २०८०/०८१ काे लक्ष्य तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो भने  कोषाध्यक्ष महेन्द्र धरिकारले काेषाध्यक्षकाे प्रतिवेदन र  लेखा संयोजक नन्द किशोर यादवले  लेखा सुपरीवेक्षक समितिको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
यस्तै २ लाख २० हजार ८ सय  कुल शेयर पुजीँ  र ८ लाख ८६ हजार ८ सय ७१  निक्षेप रहेको सहकारीले आव २०७९/०८० मा ३ लाख ५२ हजार ६ सय ६२  शुद्ध मुनाफा गर्न सफल भएको छ ।  सोही अवसरमा सहकारीका जेष्ठ शेयर सदस्यहरु र संस्थालाई योगदान पुर्याउने व्यक्तिहरूलाई सम्मान समेत गरिएको थियो । वि.स.२०७७ साल कार्तिक २७ मा स्थापना भएकाे यस सहकारीमा हाल ४ सय ७९ शेयर सदस्य रहेका छन् ।



Ads