ताजा अपडेटः

सस्कृतीको रक्षा र व्यवसायीकरण गरि पर्यटन प्रवद्धन गर्न सकिन्छ – मुख्य मन्त्री चौधरी

सस्कृतीको रक्षा र व्यवसायीकरण गरि पर्यटन प्रवद्धन गर्न सकिन्छ – मुख्य मन्त्री चौधरी प्रकाशित मिति: २० आश्विन २०८०, शनिबार २०:०८

प्रकाश न्यौपाने

नवलपरासी । लुम्बिनी प्रदेशका मुख्य मन्त्री डिल्ली बहादुर चौधरीले बिकासका लागी सस्कृतीको रक्षा गर्दै व्यवसायीकरण गरि पर्यटन प्रवर्द्धन गर्ने सक्ने बताउनु भयो । बर्दघाट ६ मा रहेको ब्रमस्थान कृषक महिला समुहले आयोजना गरेको थारु जितिया महोत्सव २०८० लाई सम्बोधन गर्दै लुम्बिनी प्रदेशका मुख्य मन्त्री डिल्ली बहादुर चौधरीले सस्कृतीको जगेर्ना गरि पर्यटनको बिकास गर्ने सकिने बताउनु भएको हो । नेपाल बिबिध सस्कृती भएको मुलुक हो । हामीले सस्कृतीको बिबिधतामा आफुलाइ खोजिरहेको बताउदै चौधरीले  एकले अर्को सस्कृतीको सम्मान गर्दै सस्कृतीको बिकास गर्न सकिने बताउनु भयो । उहाले-” हरेकले आफ्नो सस्कृती बचाउने र अर्काको सस्कृतीको सम्मान गर्नु पर्छ । कहिले काहीं हामीले सस्कृतीको सम्मान गर्ने नसक्दा द्वन्द पनि निम्ति सक्छ । त्यसैले हामीले अहिले सस्कृतिक एकतामा जोड दिनु पर्छ ।”
कार्यक्रममा बोल्दै संविधान सभा सदस्य बिक्रम खनाल, लुम्बिनी प्रदेश सभा सदस्य देवकरण कलवार, बैजनाथ जैसवाल, बिश्वप्रेम पाठक लगायतले बोल्दै थारु जातीको भाषा, धर्म, सस्कृती र परम्पराको जगेर्ना गर्नु पर्ने बताउनु भयो । कार्यक्रममा थारु जातीले खाने विभिन्न परिकारहरु, थारु जातिले प्रयोग गर्ने परम्परागत समाग्रीहरुको प्रर्दशनी, थारु जातीका विभिन्न सास्कृतिक झलकहरुको प्रस्तुति गरिएको छ ।
स्वागत मन्तव्य लोकमणि चौधरीको रहेको कार्यक्रमको अध्यक्षता देवकला गुरौको रहेको कार्यक्रमको संचालक झबिन्द्र चौधरी र अमृता चौधरीले गर्नु भएको छ । कार्यक्रममा नवलपरासीका विभिन्न पालिकाका प्रमुख, उपप्रमुख, राजनीति दलहरुका प्रतिनिधि, स्थानीय समाज सेवी लगायतको उपस्थिती रहेको छ ।



Ads