ताजा अपडेटः

श्रीमतीको हत्या गरेर श्रीमानले पनि गरे आत्महत्या

श्रीमतीको हत्या गरेर श्रीमानले पनि गरे आत्महत्या प्रकाशित मिति: २० आश्विन २०८०, शनिबार १३:३९

दाङ । दाङमा एक युवकले श्रीमतीको हत्या गरेर आफूलेपनि आत्महत्या गरेका छन् । सल्यानको त्रिवेणी ४ फलाबाङ घर भई तुलसीपुर ९ बेलुवामा डेरागरी बस्ने २५ वर्षिय सुशील भण्डारीले २२ वर्षिया श्रीमती पवित्रा डाँगीको हत्यागरी आफूले पनि झुन्डिएर आत्महत्या गरेका हुन् ।
इप्रका तुलसीपुरका प्रवक्ता प्रहरी निरीक्षक नवराज केसीका अनुसार हिजो बेलुकीदेखि आज बिहान अबेरसम्म ढोका नखुलेपछि घरबेटीले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले ढोका फोडेर हेर्दा सुशील पंखामा झुन्डेको पवित्रा खाटमा मृत अवस्थामा फेला पारेको थियो । स्राेत:- Narayani Online



Ads