ताजा अपडेटः

बर्दघाट १६ को सार्वजानिकीकरण सम्पन्न

बर्दघाट १६ को सार्वजानिकीकरण सम्पन्न प्रकाशित मिति: २० आश्विन २०८०, शनिबार १०:१०

प्रकाश न्यौपाने

नवलपरासी । बर्दघाट नगरपालिका वडा नम्बर १६ को सार्वजानिकीकरण कार्यक्रम सम्पन्न भएको छ । शुक्रवार बर्दघाट १६ आर्थिक बर्ष २०७९/८० मा सम्पन्न भएका योजनाहरुको सार्वजनिकीकरण कार्यक्रममा बोल्दै नगर प्रमुख शम्भुलाल श्रेष्ठले वडा नम्बर ५ र १६ लाई जोड्ने पुल अलपत्र पर्न नदिने बताउनु भयो । उहाँ भन्नुहुन्छ-“केहि समय ठेकेदारको मान्छे हाम्रो सम्पर्कमा नआएपछि हामीले प्रशासन पनि गुहार्नु पर्‍यो । अहिले सम्पर्कमा आएर काम भइरहेको छ । अब ढुक्क हुनुहोस् खजुरे खोलामा पुल बन्छ । “जनताको दैनिकिसंग जोडिएको खजुरे खोलाको पुल अलपत्र पर्ने नदिने र यसका लागि नगरले विशेष महत्त्व दिएको नगर प्रमुख श्रेष्ठको भनाइ छ । बर्दघाट नगर उप-प्रमुख रुद्र प्रकाश उपाध्यायले बर्ष भरीमा आफ्नो वडामा के कति बजेट आयो , कुन कुन क्षेत्रमा के कति खर्च भयो भनेर जानकारी पाउन सकिन्छ खालको सार्वजनिकीकरण कार्यक्रम गरेकोमा वडालाई आभर प्रकट गर्दै स्थानीय सरकारले गरिरहेका हरेक गतिविधिमा जनचासो हुने आवश्यक रहेको बताउनु भयो । उहाँ भनुहुन्छ-” जनताको चासो र सरोकार भएको कार्यक्रम सधै राम्रो हुन्छ त्यसैले बिकासका लागी जनचासो जरुरी छ ।”

बर्दघाट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रकाश खनालले स्थानीय सरकार पुर्ण पारदर्शी तवरले अगाडि बढ्नका लागी सार्वजनिकीकरणको अवधारणा अगाडि सारीएको बताउनु भयो । उहा भन्नुहुन्छ -“सुशासन युक्त समाज भएमा मात्रै लोकतन्त्रको बिकासमा टेवा पुग्छ । नगरसंग सम्बन्धि रहेका सेवालाई चुस्त दुरुस्त बनाउन नगरका विभिन्न शाखाहरुसङ्ग समन्वय गर्छौं ।”कार्यक्रममा वडा अध्यक्ष भिमकाजी गुरुङले वडा स्तरीय बजेटको कार्यान्वयनको बिवरण सार्वजनिक गर्नु भएको छ । उहाले वडा भित्र सञ्चालनमा रहेका विद्यालय तथा सार्वजनिक स्थानहरूमा विभिन्न स्थानीय, प्रदेश र सघिय सरकारबाट प्राप्त अनुदान, नगरबाट शिर्षक परिवर्तन भइ वडामा सम्पन्न भएका कार्यहरूको सार्वजनिक गर्नु भयो ।

आर्थिक बर्षमा ०७९/८० मा जन्म दर्ता, मृत्यु दर्ता, विवाह दर्ता, सम्बन्ध बिच्छेद दर्ता, बसाइँसराइ दर्ता गरी ३ सय २ वटा घटना दर्ता भएका छ्न । वडाले गत बर्ष सम्पती कर, भुमिकर (मातपोत), सिफारिस दस्तुर, घटना दर्ता, वहाल कर गरि ९ लाख २३ हजार ९ सय ८८ रुपैया राजस्व संकलन गरेको छ । कार्यक्रममा दुर्गानाथ तिवारी, दुर्गा सापकोटा, युवराज भण्डारी, लालमाया बोहरा, नेकपा माओवादी केन्द्रका नेता बेतन प्रसाद गुरुङ, नेपाली काङ्ग्रेसका जिल्ला सदस्य कृष्ण प्रसाद पाण्डेलगायतले बोल्दै वडा भित्रको सार्वजनिक जग्गा, सेवा प्रवाह, कृषि, पशुपालन, बिकास निर्माण, शिक्षा, स्वास्थ्य, सिचाइ, बिद्धुतिकरण, सडक निर्माण र नालालगायतका बिषयमा प्रश्न उठाउनु भएको छ ।
निवर्तमान वडा अध्यक्ष शुकबहादुर गुरुङले बिगतका नेतृत्वहरुले गरेका कामहरुको निरन्तरता दिदा त्यसको योजना अनुसार आवश्यक समन्वय गरि काम गर्नु पर्ने बताउनु भयो । कार्यक्रममा वडा नम्बर ५ कि वडा अध्यक्ष बिमला गुरुङ, बर्दघाट नगर प्रवक्ता एव बर्दघाट १४ का वडा अध्यक्ष सन्त बहादुर गाहाले बिकासको नाममा अनावश्यक राजनीति गर्न नहुने बताउनु भयो ।

स्थानीयहरुले राखेको प्रश्नहरुको जवाफ वडा बर्दघाट नगरका सामाजिक बिकास समिति संयोजक तथा अध्यक्ष गुरुङले बर्दघाट नगरपालिका र वडा कार्यालयले जनतालाई चुस्त र दुरुस्त सेवा प्रवाह गरिने बताउनु भयो । स्वागत वडा सदस्य नर कुमारी गुरुङको रहेको कार्यक्रमको संचालक वडा सचिब थम बहादुर गोतामेले सञ्चालन गर्नु भएको छ ।



Ads