ताजा अपडेटः

सुदुरपछीमको धनगढीमा पेस्तोलसहित हतियारको कारोबारी पक्राउ

कल्पना खरेल
सुदुरपछीमको धनगढीमा पेस्तोलसहित हतियारको कारोबारी पक्राउ प्रकाशित मिति: १७ आश्विन २०८०, बुधबार १२:१३

प्रदीप न्यौपाने ,धनगढी । धनगढी उपमहानगरपालिका–१३ श्रीलंकाबाट एकजना कारोबारी मंगलवार पक्राउ परेका छन् । विशेष सूचनाका आधारमा २८ वर्षीय सरोज धानुकले हतियारको कारोबार गरिरहेको जानकारी पाएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो।
उनको साथबाट कटुवा पेस्तोल १ थान र गोली ४ राउण्ड फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। उक्त सम्बन्धमा थप अनुसन्धान कार्य जारी रहेको समेत बताइएको छ।




Ads