ताजा अपडेटः

अदालतद्वारा अभिनेता अनमाेल केसीलाई ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति 

अदालतद्वारा अभिनेता अनमाेल केसीलाई ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति  प्रकाशित मिति: १४ आश्विन २०८०, आईतवार २०:२२

काठमाण्डाै  ।अभिनेता अनमोल केसीलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । जिल्ला अदालत काठमाण्डाैले अभिनेता केसीलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । आपराधिक विश्वासघात गरेको कसुरमा उपत्यका अपराध अनुसन्धान कार्यालयले केसीलाई गएकाे शुक्रवार पक्राउ गरेको थियो । पक्राउ गरेको दिनदेखि आइतवारसम्म थुनामा राख्न अदालतले अनुमति दिएको हो । अनमोललाई पुनः सोमवार अदालतमा उपस्थित गराउनुपर्छ । ‘रावायण’ फिल्म खेल्छु भनेर १० लाख रुपैयाँ पेस्की लिएर खेल्न आनाकानी गरेकाे भन्दै निर्माण पक्षले उनीविरुद्ध ‘आपराधिक विश्वासघात’ गरेको कसुरमा जाहेरी दिएका थिए ।



Ads