ताजा अपडेटः

कपिलवस्तु प्रहरीद्वारा ६ क्युन्टल रक्त चन्दन जस्तै देखिने काठ सहित ८ जनालाई नियन्त्रणमा

कपिलवस्तु प्रहरीद्वारा ६ क्युन्टल रक्त चन्दन जस्तै देखिने काठ सहित ८ जनालाई नियन्त्रणमा प्रकाशित मिति: १४ आश्विन २०८०, आईतवार १२:२०

कपिलवस्तु । कपिलवस्तु प्रहरीले अर्घाखाँचीबाट कपिलवस्तु ल्याउँदै गरेको साढे ६ क्युन्टल रक्त चन्दन जस्तै देखिने काठ सहित ८ जनालाई नियन्त्रणमा लिएको छ। लु २ च १६३९ नम्बरको बोलेरो जिप र ना ५ ख ७३८२ नम्बरको ट्रकमा ल्याउँदै गरेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिइएको हो। विशेष सूचनाका आधारमा कपिलवस्तुको बुद्धभुमी नगरपालिका वडा नम्बर १ पत्थर कोटमा रक्त चन्दन जस्तो देखिने काठ, २ वटा गाडी र ८ जनालाई आईतावार बिहान ५ बजे नियन्त्रणमा लिइएको प्रहरी उपरिक्षक नवरत्न पौडेलले बताए।  उनले काठ रक्तचन्द जस्तै देखिने राता रहेको र अहिले नै रक्तचन्द हो भन्ने यकिन भने भई नसकेको बताए। विशेष सूचनाका आधारमा प्रहरी नायब उपरिक्षक गंगा बहादुर थापाको टोली ३ दिन दिन देखि यही काममा लागेको थियो। सो काठको तौल ६ हजार ५२३ किलो १५० ग्राम रहेको प्रहरी नायब उपरिक्षक थापाले बताए। प्रहरी उपरिक्षक पौडेल, प्रहरी नायब उपरिक्षक गंगाा बहादुर थापा कपिलवस्तु डिभिजन वन कार्यालयको सहितको टोली बिहानै पत्थर कोट पुगेका छन। घटनको अनुसन्धान र सोधपुछ भईरहेको प्रहरी उपरिक्षक पौडेलले बताए।



Ads