ताजा अपडेटः

मुलपानी सामुदायिक वनकाे  १० औं साधारणसभा सम्पन्न / हुनेखानेलाई हाेइन हुदाखानेलाई प्राथमिकतामा राख्नुपर्छ:-वडा  अध्यक्ष पंगेनीकाे

मुलपानी सामुदायिक वनकाे  १० औं साधारणसभा सम्पन्न / हुनेखानेलाई हाेइन हुदाखानेलाई प्राथमिकतामा राख्नुपर्छ:-वडा  अध्यक्ष पंगेनीकाे प्रकाशित मिति: १२ आश्विन २०८०, शुक्रबार २१:४६

कल्पना खरेल, नवलपरासी । सामुदायिक वनहरूले रूख काट्ने र विक्रि गर्ने भन्दा पनि वनलाई  व्यवस्थापन गरी  उपभोक्ताकाे आयस्तरलाई कसरी वृद्धि गर्ने भन्ने विषयमा गम्भीर हुने बेला आएकाे लुम्बिनी प्रदेश सांसद खड्क बस्नेतले बताउनुभएकाे छ ।
आज शुक्रबार आयाेजीत मुलपानी सामुदायिक वन उपभोक्ता समूह सुनवल-४, पश्चिम नवलपरासीको १० औं साधारणसभालाई  सम्बाेधन गर्दै उहाँले यस्ताे बताउनुभएकाे हाे । सांसद बस्नेतले वन र बाताबरण जाेगाउने नाउमा  हेर्न र  छुनै नहुने झन्झटिलो कानुनलाई संसाेधन गर्नुपर्ने भन्दै वनलाई राेजगारकाे रूपमा,पर्यटकीय रूपमा, नगदेबालीकाे रूपमा प्रयाेग गर्नुपर्ने आजकाे आवश्यकता रहेकाे टिप्पणी गर्नुभयाे । त्यसेैगरी साेहि क्रममा बाेल्दै वडा नम्बर ४ का वडा अध्यक्ष बालकृष्ण पंगेनीले गरीबी निवारणमा खर्च हुने रकम हुनेखालीलाई भन्दा हुदा खादालाई वितरण गर्न आग्रह गर्दै स्थानीय सरकार सहकार्य र समन्वय गरेर अगाडि बढ्न सदैव  तयार रहने प्रतिबद्धता व्यक्त गर्नुभयाे ।
त्यस्तै, कार्यक्रममा मुलपानी सामुदायिक वनका अध्यक्ष  यज्ञप्रसाद पाण्डेले अध्यक्षकाे कार्यप्रगति विवरण, सचिव समीक्षा सिंजापतीले सचिवकाे प्रगति प्रतिवेदन,कोषाध्यक्ष अवधेस कुमार यादवले काेषाध्यक्षकाे प्रगति प्रतिवेदन  र लेखा संयोजक यमनारायण लम्सालले लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन  प्रस्तुत गर्नुभएको थियो । संस्थाले आव २०७९/८० मा विभिन्न शीर्षकबाट कुल आम्दानी १ करोड २४ लाख ७६ हजार ६० रुपैया र  कुल खर्च १ करोड, २१ लाख ४२ हजार ४ सय ४१ रुपैया रहेको देखाइएकाे छ ।
कूल ३२९.५२ हेक्टर क्षेत्रफलमा फैलिएको यस वनमा ६१७ उपभोक्ता घरधुरी रहेकाे छ भने ३ हजार ७८ जनसंख्या रहेकाे छ । भने यस वनकाे कार्यक्षेत्र सुनवलकाे वडा नम्बर १,२,३,४ , रामग्रामकाे वडा नम्बर ४ र पाल्हिनन्दनकाे वडा नम्बर १ मा रहेकाे छ ।
संस्थाका उपाध्यक्ष प्रभुलाल मौर्यको स्वागत र   सचिव समिक्षा सिंजापतिकाे संचालन रहेकाे साधारण सभामा वैज्ञानिक वन व्यवस्थापन उपभोक्ता महासंघ केन्द्रिय सदस्य कमल पराजुली, प्रदेश महासचिव होमबहादुर गुरुङ, महाकवि देवकोटा क्याम्पस अध्यक्ष कृष्ण लामिछाने,कृष्णधाम विकास समिति अध्यक्ष यमप्रसाद ढकाल, महिला उद्यम केन्द्र सुनवल ४ की अध्यक्ष भिमा शर्मा लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।



Ads