ताजा अपडेटः

चौधरी फाउण्डेसनको आयोजनामा उद्यमशीलता तालीम सम्पन्न

चौधरी फाउण्डेसनको आयोजनामा उद्यमशीलता तालीम सम्पन्न प्रकाशित मिति: १२ आश्विन २०८०, शुक्रबार १८:०४

नवलपरासी । महिला समुदायलाई जिविकोपार्जन तर्फ उन्नमुख गर्ने उदेश्यले चौधरी फाउन्डेसन ,बलियो नेपाल र बर्दघाट नगरपालिकाको अगुवाइमा सस्थाको संयुक्त आयोजनामा पांच दिने महिला सिपमुलक तालिम सम्पन्न भएको छ ।
महिला उद्यमी , वित्तीय साक्षरता तथा उद्यमशीलता प्रवद्र्धन र महिला सशक्तिकरणको लागि आयोजीत तालीम बर्दघाट –७ मा सम्पन्न भएको हो । पांच दिन सम्म मुलत: कोदोको केक, कोदोको हलुवा, मस्यौरा, बाल आहार, चिप्स जस्ता पौष्टिक आहार बनाउन तालीम दिईएको थियो ।


तालिममा २९ जना महिलाहरूको सहभागीता रहेको थियो । तालीमको समापन गर्दै कार्यक्रमको बर्दघाट नगरप्रमुख शम्भुलाल श्रेष्ठले आत्मनिर्भर बनाउन यस्ता तालिम महत्वपूर्ण हुने हुदा तालिम पश्चात् शिपको सदुपयोग हुनुपर्नेमा जोड दिनुभयो ।प्रमाणपत्र पत्र मात्रै नभएर जिविकोपार्जनका लागि सीप महत्वपूर्ण कुरा हुने नगरप्रमुख श्रेष्ठको भनाई थियो ।
मुलत महिलाहरूलाई उद्यमशिलता सग जोड्नका निम्ति तालिमको आयोजना गरिएको चौधरी फाउन्डेसनका प्रोजेक्ट म्यानेजर बिकास देउजाले जानकारी दिनुभयो ।
स्थानिय स्तरमा उत्पादन हुने पौष्टिक खाद्य बस्तुलाई नै प्रयोग गरि पोषिलो आहार बनाई ब्यवसायिकता सग जोड्नु कार्यक्रमको मुल उदेश्य रहेको बलियो नेपाल सस्थाले जनाएको छ



Ads