ताजा अपडेटः

सुनवलमा जम्मा १ सय ३६ वटा कुकुरलाई निशुल्क रेबिज बिरूद्वकाे खाेप लगाइयो

सुनवलमा जम्मा १ सय ३६ वटा कुकुरलाई निशुल्क रेबिज बिरूद्वकाे खाेप लगाइयो प्रकाशित मिति: ११ आश्विन २०८०, बिहीबार २०:५३

कल्पना खरेल,नवलपरासी । एक स्वास्थ्य एक गन्तव्य भन्ने मुल नाराका साथ रेबिज रोग नियन्त्रणका लागि आज सुनवलका ३ वटा वडामा  रेबिज बिरुद्धको नि शुल्क खोप तथा सचेतना मुलक कार्यक्रम सम्पन्न भएको छ ।  विश्व रेबिज दिवस २०२३ को अवसरपारी सुनवल नगरपालिकाको पशु शाखाको आयोजनामा   रेबिज बिरुद्धको नि शुल्क खोप तथा सचेतना मुलक कार्यक्रम सम्पन्न भएको हाे  ।
आज ३ ठाउँ खोप केन्द्रमा गरिएकाे रेबिज बिरुद्धको खोप संचालनमा घरमा पालेका विभिन्न  प्रजातिका कुकुरहरू गरी वडा नम्बर १ को खोप केन्द्र बाट ८० वटा, ८ बाट ३३ वटा र १२ बाट २३ वटा गरि जम्मा १ सय ३६ वटा  कुकुरलाई खोप प्रदान गरिएको वडा नम्बर १ का वडा अध्यक्ष मनबहादुर थापाले जानकारी दिनु भएको छ ।
सुनवफ नगर प्रमुख बिमला अर्यालको अध्यक्षतामा भएको सुनवल वडा नम्बर १ काे खाेप कार्यक्रममा वडा नम्बर १ का वडा अध्यक्ष मन बहादुर थापा मगर, पशु बिकास शाखा प्रमुख मिसिरी प्रसाद खड्का,पशुपन्छी नगर स्तरीय समिति अध्यक्ष मोहन कार्की,भेटनरी प्राबिधिक  बिमल ढकाल, मनबहादुर थापा , हरि चापागाईं, रेशम बहादुर कवर, दुर्गा प्रसाद भुसाल, तुल्सी प्रसाद न्याैपाने लगाएत भेटनरी प्राबिधिकहरुको उपस्थिति रहेको



Ads