ताजा अपडेटः

विद्यालयमा जङ्क  फुड नियन्त्रण गर्दै बर्दघाट नगरपालिका

विद्यालयमा जङ्क  फुड नियन्त्रण गर्दै बर्दघाट नगरपालिका प्रकाशित मिति: ११ आश्विन २०८०, बिहीबार २०:०५

बर्दघाट । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाले सामुदायिक विद्यालयहरुमा जङ्ग फुड (पत्रु खाना) नियन्त्रण गर्न टोली नै बनाई अनुगमन गरेको छ । बुधबार अनुगमन टोली नगरका केही विद्यालयहरुमा पुगेर जङ्ग फुड (पत्रु खाना) नियन्त्रण समेत गरेको हो ।
बर्दघाट नगरपालिकाका नगर उप–प्रमुख रुद्र प्रकाश उपाध्यायको नेतृत्वमा उपभोक्ता हक हित संरक्षण मञ्चले बर्दघाट २ मा रहेको दिव्यज्योति माद्यामिक विद्यालयको चमेना गृह र बर्दघाट ९ मा रहेको राजा महात्मा पुर्णभद्र मावीको चमेना गृहमा अनुगमन गरेको छ ।


अनुगमनको क्रममा राजा महात्मा पुर्णभद्र मावीमा चाउचाउ, दालमोठ, ढुम्रा, चकलेट, बिस्कुट लगायतका जङ्ग फुड नगरले जफत गरेको छ । खाना पकाईरहेको तेल मापन गर्दा खान योग्य नभएको कारणले गर्दा ३ लिटर तेल नष्ट गरिएको उपभोक्ता हक हित संरक्षण मञ्चका बर्दघाट नगर अध्यक्ष हुमनाथ आचार्यले जानकारी दिनुभयो । उहाँ भन्नुहुन्छ ‘बालमैत्री अभिायानका लागेको नगर भित्रका विद्यालयहरुमा जङ्ग फुड र अखाद्य बस्तु भेटिनु दुखद भएको हो ।’
अनुगमन समिति संयोजक उपाध्यायले नगरले विद्यालयमा जङ्ग फुड नियन्त्रणका लागि निरन्तर अनुगमन गर्ने बताउनुभयो । उहाँ भन्नुहुन्छ ‘हामीले पहिलो चरणमा सबैलाई सचेत बनाउने र दास्रो चरणमा जफत गर्ने र तेस्रो चरणमा विद्यालय र चमेना गृह सञ्चालकलाई कारवाही गछौँ ।’
बुधबार नै अनुगमन गरिएको दिव्यज्योतिमा रहेको चमेना गृहमा पनि चाउमिन र अजिनामोटो प्रयोग गरिएको पाइएपछि सचेत बनाइको उपाध्यायले बताउनुभयो ।

स्राेत:- प्रकाश न्याैपाने



Ads