ताजा अपडेटः

जिल्लाकै कान्छा सुस्ताका प्रमुख प्रशासकीय अधिकृत :- हुमलाल भुसाल

जिल्लाकै कान्छा सुस्ताका प्रमुख प्रशासकीय अधिकृत :- हुमलाल भुसाल प्रकाशित मिति: ११ आश्विन २०८०, बिहीबार १३:२१

कल्पना खरेल, नवलपरासी ।

सुस्ताले जिल्लामै कान्छाे प्रमुख प्रशासकीय अधिकृत हुमलाल भुसाललाई  पाएकाे छ । भरखर मात्र प्रमुख प्रशासकिय अधिकृत बुद्वप्रकाश पाैडेलकाे सरूवा लगत्तै उनी अर्घाखाँचीबाट साेहि कार्यभार समाल्न सुस्ता आएका हुन् ।
२०५० सालमा जन्मेका प्रमुख प्रशासकीय अधिकृत हुमलाल भुसालले रूपन्देही पुनरावेदन अदालतमा  खरिदारबाट निजामती सेवा सुरू गरेका थिए । लगत्तै डेढ बर्षपछि उनी सुब्बाको पदमा रहेर लेखापालमा यातायातमा काम गरे । ५ बर्ष उनी लेखापालमा सेवा गरे सगै १८ महिना अर्घाखाँचीमा प्रमुख प्रशासकीय अधिकृतमा रहेर काम गरे ।
निजामती सेवामा लगभग साढे आठ बर्षकाे कार्यअनुभव लिएर उनी सुस्ता आएका छन् । नवलपरासी खबर सगँ कुरा गर्दै प्रमुख प्रशासकीय अधिकृत हुमलाल भुसाल भन्छन् :- “तपाईंहरूको जिल्लामा सेवा गर्न आएकाे छु ” । गाउँपालिका प्रमुख,उपप्रमुख लगाएत जनप्रतिनिधि सगँ मिलेर नयाँ याेजना सहित विकास निर्माणलाई तिव्रताका साथी जनचाहना अनुरूप अगानी बढ्ने लक्ष्य छ ।


“समाजमा कर्मचारीले देश विगार्याे भन्ने सुन्दा दुख लाग्छ , हामी काम गर्न आएकाे हाे “। “सहि नेतृत्व सरकारमा जाने र  राज्यले सहि निति र कार्यान्वयन पक्षलाई चुस्त दुरूस्त राख्न सके देश विकासमा दुईमत छैन” ।
उनी फेरि भन्छन् :- “दैनिक हजारौंकाे संख्यामा यूवाहरू खाडि र ठूला देश भन्दै हिडेकाे देख्दा दुख लाग्छ ,अब देश यूवा बिहिन भयाे “।



Ads