ताजा अपडेटः

सुनवलमा सुरक्षित अप्रावासी ( सामी) कार्यक्रम द्वारा २१ हप्ते बित्तिय साक्षरता तथा मनोसमाजिक कक्षा संचालनमा

सुनवलमा सुरक्षित अप्रावासी ( सामी) कार्यक्रम द्वारा २१ हप्ते बित्तिय साक्षरता तथा मनोसमाजिक कक्षा संचालनमा प्रकाशित मिति: ९ आश्विन २०८०, मंगलवार ०७:२७

नवलपरासी । सुनवल नगरपालिका वडा नम्बर १ सोमनाथमा अवस्थित सुनवल सामुदायिक सिकाइ केन्द्रको भवनमा सुरक्षित अप्रावासी ( सामी) कार्यक्रम द्वारा २१ हप्ते बित्तिय साक्षरता तथा मनोसमाजिक कक्षा संचालन गरेकाे छ । सुनवल वडा नम्बर १ का वडा अध्यक्ष मनबहादुर थापा मगरको अध्यक्षता तथा सुनवल नगरपालिकाका नगर प्रमुख बिमला अर्यालको प्रमुख आतिथ्यतामा उक्त कक्षा  सुरू भएकाे हाे ।
कक्षा संचालन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख अर्यालले यहाँ आफ्नो घर परिवारलाई छोडेर आफ्नो घरपरिवारको आर्थिक स्थितिलाई मजबुत गराउने उद्देश्य सहित वैदेशिक रोजगारमा श्रम बेचेर कमाएको पैसालाई  परिवारले सदुपयोग गर्नुपर्ने धारणा राख्नुभयाे ।


उहाँले पैसालाई चिनेर फजुल खर्च कटाैती गरि  बचत गर्ने क्षमताको विकास गर्न सके मात्र आर्थिक सबलिकरण  सम्भव रहेकाे जिकिर गर्नुभयाे । उक्त २१ हप्ते कार्यक्रम प्रत्येक हप्ताकाे १ दिन(  सोमबार ) संचालन गरि  २१ हप्तासम्म्म संचालन गरिने छ । जसमा २१ दिनमा १७ दिन बित्तीय साक्षरता र ४ दिन मनोसमाजिक परामर्श कक्षा संचालन गरिने छ ।
उक्त कक्षामा २५ जना वैदेशिक रोजगारिमा रहेका परिवारका महिलाहरुको सभागिता रहेको वडा अध्यक्ष मनबहादुर थापा मगरले जानकारी दिनुभयो ।
वडा सदस्य प्रसुराम कवरकाे स्वागत रिटर्निग स्वंयम  सेवक कमल अधिकारीकाे संचालन रहेकाे कार्यक्रममा कार्यपालिका सदस्य सीता भण्डारी ,वडा सदस्य कृष्ण के.सी, बालकुमारी परियार  सामुदायिक सिकाइ केन्द्रका उपाध्यक्ष सन्जय कुमार श्रेष्ठ लगाएतले शुभकामना मन्तब्य व्यक्त गर्नुभएकाे थियाे । भने कार्यक्रमको सहजीकरण सामी परियोजनाका जिल्ला संयोजक ज्ञानेस्वर भण्डारीले गर्नुभएको हाे ।



Ads