१० वैशाख, गोरखा । मनास्लु पदमार्ग हुँदै लार्के पास गर्न हिंडेका एक जना विदेशी नागरिक मृत फेला परेका छन् ।प्रहरीका अनुसार दक्षिण कोरियाका ६४ वर्षीय डोङ्की जंग रहेका छन ।
गोरखाका डीएसपी लिलाराज लामिछानेका अनुसार चुमनुब्री गाउँपालिका–१ धर्मशालास्थित लार्के होटलमा शनिबार दिउँसो उनी मृत फेला परेका थिय । काठमाडौंको सलोम र्याफ्टिङ ट्रेकिङ मार्फत उनी लार्के पास गर्न आएका थिए ।
उनको शव पोष्टमार्टमा लागि हेलिकप्टरमार्फत शिक्षण अस्पताल काठमाडौं लगिएको र घटनाबारे थप अनुसन्धान भइरहेको लामिछानेले बताए ।