ताजा अपडेटः

४६ लाख ५० हजार मूल्य बराबरको अवैध सामान बरामद

४६ लाख ५० हजार मूल्य बराबरको अवैध सामान बरामद प्रकाशित मिति: ६ आश्विन २०८०, शनिबार १५:३८

कल्पना खरेल,नवलपरासी । ईलाका प्रहरी कार्यालय महेशपुरबाट प्रहरी निरीक्षक फल बहादुर तामाङको कमाण्डमा खटीएको प्रहरी टोलिले ४६ लाख भन्दा बढि मुल्यकाे अवैध सामान बरामद गरेकाे छ ।
गएराती साढे ११ बजे पश्चिम नवलपरासीकाे सरावल गा.पा. ६ गुजरवाटोल स्थितमा भुजहवाबाट परासी तर्फ आउदै गरेको ना ६ ख ४७९६ नम्बरको कन्टेनरलाई रोकी चेकजाँच गर्ने क्रममा उक्त कन्टेनर भित्र भन्सार छली अवैध रुपमा ल्याउदै गरेको  साेहि मूल्य बराबरकाे अवैध सामान बरामद गरेकाे हाे ।
वरामद गरिएकाे सामानहरूमा अन्दाजी २७ लाख ५० हजार ६ सय मुल्य बराबरको जुत्ता, चप्पल, ताला चावी, कालो पेन, फुल स्प्रे, पेन्टिङ ब्रस, एरबड, पेन्सिल, ईलेजर, प्रिन्टरमा प्रयोग हुने चारकोल कालो पाउडर लगायतका मालसामान र कन्टेनर अन्दाजी मुल्य रु. १९ लाख बराबर गरी जम्मा ४६ लाख ५० हजार ६ सय मुल्य बराबरको मालसामान र सवारी साधन बरामद गरिएकाे प्रहरी नायव उपरीक्षक एवम् सूचना अधिकारी रेशम बाेहराले जानकारी दिनुभएकाे छ ।
चालक  सरावल गा.पा. ५ धनगढवा बस्ने वशिष्ट थारु सहित  बरामद गरिएकाे सामान र कन्टेनरलाई आवश्यक कारवाहीको लागि आज  भैरहवा भन्सार कार्यालय पठाइएकाे समेत डिएसपी बाेहराले बताउनुभयाे ।