ताजा अपडेटः

टाईगर टोलीलाई एक पछि अर्को सफलता धनगढीमा

टाईगर टोलीलाई एक पछि अर्को सफलता धनगढीमा प्रकाशित मिति: ६ आश्विन २०८०, शनिबार १४:२१

प्रदिप  न्यौपाने ,धनगढी ।  आज  सुदुरपश्चिमकाे  जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको टाईगर टोली र त्रिनगर प्रहरी चौकीबाट खटिएको प्रहरी टाेलीले अबैध सामान बरामद गरेकाे छ ।
बिहान करिब १०:२५ बजे उक्त टोलीले ना ५ ख २८१६ नम्बरको बस नियन्त्रण गरी चेकजाँच गर्ने क्रममा बसकाे  एसिबक्स भित्र लुकाई छिपाई गरेर लैजादै  गरेको  १ लाख ८० हजार ५ सय बराबरकाे मोबाइलका पार्ट्सहरु बरामत गरेको हाे ।
केही समय पहिला पनि प्रहरीले ठुलो मात्रामा अबैध सामान बरामत गरेको थियो तर भन्सारमा खटिएको भन्सारका सुरक्षा निकाएले किन देख्दैन्न यो छली कतै  मिलेमतोको गन्द आएको बुज्न सकिन्छ।
भारतको दिल्ली बाट धनगढी आउन लागेको उक्त बसलाई नियन्त्रण लिएकाे जिल्ला प्रहरी कार्यालय कैलालीबाट सहकर्मी प्रदिप न्याैपानेले बताएका छन् ।



Ads