ताजा अपडेटः

सरकार र महासंघ बीचको सहमतिप्रति राहत शिक्षकको असन्तुष्टि /आन्दोलन जारी राख्ने चेतावनी

कल्पना खरेल
सरकार र महासंघ बीचको सहमतिप्रति राहत शिक्षकको असन्तुष्टि /आन्दोलन जारी राख्ने चेतावनी प्रकाशित मिति: ५ आश्विन २०८०, शुक्रबार १९:०३

कामाडौं । । आन्दोलनरत शिक्षकहरुको तर्फबाट शिक्षक महासंघ र सरकार बीच भएको सहमतिलाई लिएर राहत शिक्षकहरुले असन्तुष्टि जनाएका छन् । आफूहरुको माग सहमतिमा नसमेटिएको भन्दै उनीहरुले आन्दोलन जारी राख्ने चेतावनीसमेत दिएका छन् । सहमतिमा आफ्ना मागहरु नसमेटिने भएपछि राहत शिक्षकका प्रतिनिधि बैठक छोडेर बाहिरिएका थिए । राहत शिक्षक संघ केन्द्रीय समितिका अध्यक्ष खेमराज अधिकारीले राहत शिक्षकलाई आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गराउन पर्ने आफूहरुको माग भएपनि सहमतिमा ४५ हजार शिक्षकको माग बेवास्ता गरिएको बताए ।




Ads