ताजा अपडेटः

विश्व शान्ति दिवसकाे अवसर पारी सुनवल सामुदायिक विकास केन्द्रद्वारा सांस्कृतिक कार्यक्रमकाे आयाेजना

कल्पना खरेल
विश्व शान्ति दिवसकाे अवसर पारी सुनवल सामुदायिक विकास केन्द्रद्वारा सांस्कृतिक कार्यक्रमकाे आयाेजना प्रकाशित मिति: ४ आश्विन २०८०, बिहीबार २१:१५

कल्पना खरेल, नवलपरासी । विश्व शान्ति दिवसकाे  अवसर पारी सुनवल सामुदायिक विकास केन्द्र तथा युनाइटेड मिसन टु नेपालद्वारा आज एक कार्यक्रमकाे आयाेजना  गरिएकाे छ । सुनवल सामुदायिक विकाश केन्द्रकाे अध्यक्ष  सपना अधिकारी थापाकाे अध्यक्षता तथा लुम्बिनी प्रदेश सांसद  वैजनाथ कलवार काे प्रमुख आतित्थ्यतामा भएकाे उक्त कार्यक्रममा गितसंगित घरेलु हिंसा, दाइजाे प्रथा सम्बन्धि  नाटक र सांस्कृतिक कार्यक्रम प्रदर्शन गरिएकाे थियाे । जसमा विभिन्न विद्यालयका भाईबहिनीहरूकाे सहभागीता रहेकाे थियाे । उनिहरूले राष्ट्रिय गित, विभिन्न समुदायका भेषभुषामा नृत्य , चेतनामूलक नाटक प्रस्तुत गरे ।
साेहि क्रममा बाेल्लै प्रमुख अतिथि तथा प्रदेश सांसद वैजनाथ कलवारले सबैभन्दा पहिलाे आफ्नाे मनमा शान्ति खाेज्नुपर्ने भन्दै  अबकाे भविष्य यूवाकाे काधकाे आएकाे धारणा राख्नुभयाे । सकारात्मक साेच,परिवर्तनकाे चाहना, निरन्तर काेशिस र सहि संस्कारले सहि दिशा प्रदान गर्ने भन्दै शिक्षालाई महत्त्व दिएर अघि बढ्न उपस्थित भाइबहिनीहरूलाई आग्रह समेत  गर्नुभयाे । सुनवल सामुदायिक विकास केन्द्रका सचिव जयराम बस्यालकाे स्वागत र  कृष्ण पाण्डेकाे संचालन रहेकाे कार्यक्रममा  जिल्ला समन्वय समितिका अध्यक्ष भगउती यादव, पाल्हिनन्दन गाउँपालिका उपाध्यक्ष फातुमा खातुन अन्सारी, संस्थाका पूर्व अध्यक्ष  संजय श्रेष्ठ, रामरहिम धार्मिक तथा सामुदायिक अगुवाहरुको समुहको सचिव ताजुद्धिन मन्सुरी , वडा नम्बर १ का वडा अध्यक्ष मनबहादुर थापा मगर लगाएतले मन्तब्य राख्नुभएकाे थियाे ।




Ads