ताजा अपडेटः

यतिबेला लोक संगीतमा बजार तताउदै “तिर्खा के को  पानीले”

यतिबेला लोक संगीतमा बजार तताउदै “तिर्खा के को  पानीले” प्रकाशित मिति: ३ आश्विन २०८०, बुधबार १३:५३

प्रदिप न्यौपाने ,नवलपरासी । लोक संगीत बजारमा यतिबेला बजार तताउदै नयाँ गित “तिर्खा के को  पानीको”सर्बजनिक भएको छ। यस गितमा महादेब छेत्री र समिक्षा अधिकारीले आवाज दिएका छन भने महादेब छेत्रीको अफिसियल च्यानल मार्फत गित बजारमा आएको छ।
यस गितको निर्देशन काजिस श्रेष्ठले गरेका छन भने अभिनय अर्जुन सापकोटा र रोसनी कार्कीकाे रहेकाे छ । उक्त गितमा शब्द  संगीत सागर बिरहीको रहेको छ भने मिडिया पाट्नर नवलपरासी खबर रहेको छ। लोक गीतलाई  माया गर्ने छेत्रीले दर्जनौं गीतमा आफ्नाे आवाज दिएका छन् । उनी हाल प्रदेशमा रहदै आएका छन् ।



Ads