१० वैशाख, पोखरा । कास्कीमा कुकुर मारेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पोखरा महानगरपालिका-१६ जोगीमणिका सुदीप परियार हुन ।
उनले समाजिक सञ्जालमा कुकुरलाई घाँटीमा डोरीको पासो लगाएर मारेपछि सेती नदीमा फालेको भिडियो समेत पोष्ट गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।
उनलाई जिल्ला अदालत कास्कीबाट ९ दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको कास्की प्रहरीका डीएसपी सुन्दर तिवारीले जानकारी दिए ।