ताजा अपडेटः

लागु औषध सहित मानिस पक्राउ

लागु औषध सहित मानिस पक्राउ प्रकाशित मिति: ३१ भाद्र २०८०, आईतवार १७:३१

नवलपरासी । आज  बिहान अन्दाजी ११ बजे जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीबाट खटिएको प्रहरी टोलीले रामग्राम नगरपालिका वडा नं १ निलोगेटबाट लागू ओैषध सहित मानिस पक्राउ गरेकाे छ ।
शंकास्पद अवस्थामा हिडिरहेकाे अबस्थामा चेकजाँच गर्ने क्रममा  दाङकाे घोराही उप-महानगरपालिका वडा नं. ११  बस्ने वर्ष ३० को भुवन के.सी.लाई  दाहिने हातमा बोकिरहेको प्लाष्टिक बोराको झोला भित्र रहेको सेतो फाईवरको झोलामा खैरो काटुन टेपले बेरी लुकाई छिपाई राखेको अवस्थामा लागूऔषध  सहित मानिस पक्राउ गरिएकाे हाे ।
नियन्त्रणमा लिईएकाे लागूऔषधमा  (मनोद्धिपक पदार्थ) नुफिन १२० एम्पुल, फेनारगन १२३ एम्पुल, डाईजेपाम १२१ एम्पुल र नाईट्राभेट-१० लेखेको ११७ ट्यावलेट फेला परेको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएकाे छ ।
बरामद गरीएकाे लागूऔषध सहित निज भुवन के.सी.लाई थप अनुसन्धान भैरहेको छ ।



Ads