ताजा अपडेटः

पाइनियर सेकेण्डरी इङ्लिस बाेर्डिङ स्कुलले बुधबारलाई  HAPPY WEDNESDAY  काे रूपमा मनाउने

पाइनियर सेकेण्डरी इङ्लिस बाेर्डिङ स्कुलले बुधबारलाई  HAPPY WEDNESDAY  काे रूपमा मनाउने प्रकाशित मिति: २७ भाद्र २०८०, बुधबार २१:२७

कल्पना खरेल, नवलपरासी । द पाइनियर सेकेण्डरी इङ्लिस बाेर्डिङ स्कुल सुनवल -१ पश्चिम नवलपरासीले प्रत्येक बुधबारलाई  HAPPY WEDNESDAY मनाउने भएकाे छ ।
आज बुधबार अन्तर कक्षा तीज गीत प्रतियोगितामा बाेल्दै विद्यालयका प्राचार्य कृष्णप्रसाद शर्माले प्रत्येक बुधबारलाई  book free day  काे रूपमा मनाउने बताएका हुन् ।
त्यसदिन  बिद्यार्थीहरुलाई विभिन्न किसिमका व्यवहारीक ज्ञान र सिपहरू सिकाइने , विभिन्न चाडपर्व, धर्म, संस्कृति र दिवसका विषयमा ज्ञान दिने र संस्कार सहितकाे शिक्षा प्रदान गरिने बताइएकाे छ ।
उक्त प्रतियोगितामा कक्षा नर्सरीदेखि कक्षा ९ सम्मका विद्यार्थीहरुले भाग लिई फरक- फरक प्रस्तुति दिएका थिए भने विचविचमा रमाइलो नृत्य समेत प्रस्तुत गरिएको थियाे । आज राखिएको तीज गीत प्रतियोगिताको निर्णायकमा शिक्षिका  डिम्पल राना र टीका भण्डारी रहेका छन् ।
शिक्षिका तारा बरालकाे संचालन रहेकाे कार्यक्रममा विद्यालयका सह-प्रधानाध्यापक यादव भट्टराईकाे अध्यक्षता र  बिद्यालयका प्राचार्य कृष्णप्रसाद शर्माकाे प्रमुख आतिथ्यता रहेकाे थियाे ।



Ads