ताजा अपडेटः

स्राेत नखुलेको २० लाख रकम सहित मानिस पक्राउ

स्राेत नखुलेको २० लाख रकम सहित मानिस पक्राउ प्रकाशित मिति: २३ भाद्र २०८०, शनिबार १८:४३

कल्पना खरेल,नवलपरासी । पश्चिम नवलपरासीको सरावल गाउँपालिका ७ भुजहवा स्थित झरहि खाेलाकाे विच भागमा नम्बर प्लेट नराखिएको शंकास्पद माेटरसाईकलमा सवाल दुई व्यक्तिलाई चेकजाच गर्दा २० लाख रकम सहित मानिस पक्राउ गरिएकाे छ ।
प्रहरी चाैकी भुजहवा तथा जिल्ला प्रहरी कार्यालयबाट खटिएकाे प्रहरी टाेलिले माेटरसाईकललाई चेकजाच गर्ने क्रममा निजले आफ्नाे कम्मरकाे पेटिले बाँधि लुकाइ छिपाइ राखेकाे नेपाली रू.२० लाख ( ११९० थान १ हजारकाे नाेट र १६२० थान पाँच सयकाे नाेट) रकम बरामद  गरिएकाे हाे ।
पक्राउ परेका माेटरसाईकल चालक पाल्हिनन्दन गाउँपालिका वडा नम्बर २ हरपुर बस्ने २४ वर्षिय  रामपत गुप्ता  र पछाडि बस्ने साेहि ठाउँका ३८ वर्षिय गफ्फार राईन कुजडा रहेकाे जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएकाे छ । बराबर
बरामद गरिएकाे रकमलाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय परासी राखिएको छ ।



Ads