नवलपरासी । नारीहरुको महानपर्व हरितालीका तिजको अवसरमा माननीय विनोद चौधरीकी धर्मपत्नी सारिका चौधरीको आयोजनामा महिलाहरुका लागी तिज बिशेष सांस्कृतिक कार्यक्रमको सम्पन्न भएकाे छ ।
बर्दघाट ७ जोमिरेभार स्थित माननीय चौधरीको सचिवालयमा महिला समुदायलाई लक्षीत गरी नारीहरुको महानपर्व हरितालीका तिजको अवसरमा तिज बिशेष सांस्कृतिक कार्यक्रमको सम्पन्न गरिएको हो ।
एक दिन भएपनि महिलाहरुले घरको कामलाई बिर्शेर रमाउन भन्ने उदेश्यले तिज बिशेष सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको माननीय बिनोद चौधरीकी धर्मपत्नी एवंम् चौधरी फाउण्डेसनकी सचिव सारिका चौधरीले बताउनभयो ।
उक्त तिज बिशेष सांस्कृतिक कार्यक्रममा नवलपरासीका विभिन्न क्षेत्रका महिला जनप्रतिनिधी सहित सयौं महिलाहरुको सहभागीता रहेको थियो । सो कार्यक्रममा स्थानिय कलाकारहरुको प्रस्तुतीकरण समेत रहेको थियो ।
यसरी महिलाहरुको महान पर्व हरितालीका तिजको अवसरमा माननीय विनोद चौधरीकी धर्मपत्नी सारिका चौधरीको आयोजनामा महिलाहरुका लागी तिज बिशेष सांस्कृतिक कार्यक्रम आयोजना गरिएकोमा सहभागीहरुले माननीय चौधरीकी धर्मपत्नी सारिका चौधरीलाई धन्यवाद समेत दिएका थिए ।
सारिका चौधरीको पहलमा चौधरी फाउण्डेसन मार्फत नवलपरासीमा महिलाहरुका लागी विभिन्न सिपमुलक तालीम सहित विभिन्न सामाजीक कृयाकलाप हुदै आएको छ