ताजा अपडेटः

पश्चिम् नवलपरासी पौडेल वंश महासघंको प्रथम जिल्ला भेला सम्पन्न

पश्चिम् नवलपरासी पौडेल वंश महासघंको प्रथम जिल्ला भेला सम्पन्न प्रकाशित मिति: १० बैशाख २०७९, शनिबार १३:१३

बैशाख १०, सुनवल । आत्रेय गोत्र पौडेलहरुको साझा संगठन पौडेल वंश महासघं नेपालको प्रथम जिल्ला भेला पश्चिम् नवलपरासीको सुनवल -२ लोटस रिसोर्टमा सम्पन्न भएको छ ।

उक्त जिल्ला भेलाले धनञ्जय पौडेलको अध्यक्षतामा १५ सदस्यीय जिल्ला समिती गठन गरेको छ ।जसको उपाध्यक्षमा बिष्णु प्रसाद पौडेल , सचिव मोहन पौडेल ,कोषाध्यक्ष अन्जु पौडेल रहनुभएको छ भने सदस्यहरुमा खगराज उपाध्याय, टकं प्रसाद पौडेल,तिलक प्रसाद पौडेल ,मुक्ति प्रसाद पौडेल ,पिताम्बर पौडेल ,सुदिप पौडेल,लक्ष्मीप्रसाद पौडेल लगायत चयन हुनु भएको छ भने जिल्ला सल्लाहकारमा बिष्णु प्रसाद पौडेल ,माया देवि पौडेल ,बिमल पौडेल चयन हुनु भएको छ ।

यसै गरि वंशवाली संकलन समितिको संयोजकमा कृष्ण प्रसाद पौडेल ,सदस्यमा रेशम शर्मा,शेषकान्त पौडेल ,जीवन पौडेल ,चेतनाथ पौडेल रहनु भएको छ भने कुलपुजा ब्यबस्थापन समितिको संयोजकमा रेशम पौडेल सदस्यहरुमा शेषकान्त पौडेल,ज्ञानुप्रसाद पौडेल, ख्यामनारायण पौडेल,जित बहादुर पौडेल रहनु भएको छ ।

भेलामा बोल्ने बक्ता हरुले जिल्लाभरी छरिएर रहनुभएका पौडेलहरु बिच आपसि सद्दाव कायम हुने र पौडेल वंश संरक्षणमा टेवा पुग्ने बिस्वास ब्यक्त गरेका गरेका थिय ।

पौडेल वंश महासघं नेपाल लुम्बिनी प्रदेश सदस्य रामचन्द्र पौडेलको अध्यक्षतामा सम्पन्न भेलामा महासघंका केन्द्रिय सदस्य एवं लुम्बिनी प्रदेश संयोजक रेमलाल पौडेल ( नवीन)को प्रमुख आतिथ्यता रहेको थियो भने बर्दघाट नगरपालिकाकि उप प्रमुख माया देवि पौडेल, नेपाल नगरपालिका कर्मचारी एसोसिएसनका केन्द्रिय उपाध्यक्ष रेशम शर्मा, लगायत जिल्ला भित्र बसोबास गर्दै आउनु भएका सम्पुर्ण पौडेल हरुको उपस्तिथ रहेको थियो ।

 



Ads