ताजा अपडेटः

नेपाल र भारत विचकाे ऐतिहासिक क्रिकेट खेल हेर्न महाकवि नमुनाले आज २ बजेपछि पठनपाठन बन्द गर्ने

कल्पना खरेल
नेपाल र भारत विचकाे ऐतिहासिक क्रिकेट खेल हेर्न  महाकवि नमुनाले आज २ बजेपछि पठनपाठन बन्द गर्ने प्रकाशित मिति: १८ भाद्र २०८०, सोमबार ०८:०९

कल्पना खरेल,नवलपरासी ।आज महाकवि नमुना माध्यमिक विद्यालय सुनवल-४, पश्चिम नवलपरासीले क्रिकेट खेलका लागि भन्दै २ बजेपछि विद्यालयकाे पठनपाठन बन्द गर्ने बताएकाे छ ।
एसिया कप २०२३ क्रिकेट खेल अन्तर्गत आज नेपाल र भारत विच ऐतिहासिक खेल हुने भएकाेले महाकवि नमुना माध्यमिक विद्यालयले २ बजेपछि पठन पाठन बन्द गर्ने जनाएकाे हाे ।
उक्त खेल विद्यार्थी, शिक्षक र विद्यालयका सम्पूर्ण स्टाफ सबैले खुसियालीपूर्ण बाताबरणमा हेर्ने बाताबरण सिर्जना गर्दै विद्यालयले एक सूचना जारीगरी यस्ताे जानकारी दिएकाे छ ।




Ads