ताजा अपडेटः

सांसद चौधरीको निमन्त्रणामा शिक्षा बिज्ञ कपुर नेपालमा

सांसद चौधरीको निमन्त्रणामा शिक्षा बिज्ञ कपुर नेपालमा प्रकाशित मिति: १७ भाद्र २०८०, आईतवार २२:३२

नवलपरासी , १७ भदौ । संघीय सांसद विनोद चौधरीको निमन्त्रणमा नेपाल भ्रमणमा आउनुभएका भारतिय शिक्षा बिज्ञ अरुण कपुरले नवलपरासीमा पुगेर शिक्षा क्षेत्रका विकासका लागी सरोकारवाला संग छलफल गर्नुभयो ।
सामुदायीक विद्यालयहरुको शैक्षिक सुधारमा कार्य गदै आउनुभएका रोयल एकेडेमी, निर्देशक समेत रहनुभएका कपुरले नवलपरासीका शैक्षिक क्षेत्रमा क्रियाशिल सरकारी , निजी तथा अन्य सरोकारवाला प्रतिनिधीसंग एक कार्यक्रम बिच छलफल गर्नुभएको हो ।
नेपालमा सरकारी स्तरबाट शिक्षाको क्षेत्रमा ठुलो लगानी हुदाहुदै पनि सामुदायीक बिद्यालयहरुमा गुणस्तरीय शिक्षामा उल्लेखनीय प्रतिफल प्राप्त हुन नसकेको छलफलको क्रममा निष्कर्ष निकालीएको थियो ।
भुटानका सामुदायीक बिद्यालयको शिक्षालाई अन्तराष्ट्रिय स्तरसम्म पु¥याउन महत्वपुर्ण योगदान पु¥याउनुभएका कपुरले सरोकारवालाहरुको छलफलमा भुटानको शिक्षाको बिगत देखी बर्तमान अवस्थाबारे प्रष्ट पार्नुभयो । छलफल पछि संक्षीप्त प्रतिक्रिया दिदै कपुरले नेपालमा सरकारी स्तरबाटै सामुदायीक बिद्यालयको अवस्था थप सुधार गर्न आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा शिक्षा ईकाई शाखा नवलपरासीका प्रमुख पुर्ण बहादुर विकले नेपालको बर्तमान् अवस्थामा अभिभावकको सहकार्यले मात्र सामुदायीक बिद्यालयको शैक्षिक सुधार सम्भव हुने जिकिर गर्नुभयो ।
अरुण कपुर सार्वजनिक र निजी शिक्षाको विश्वव्यापी क्षेत्रहरूमा चार दशकभन्दा बढी अनुभव भएका शिक्षक हुनुहुन्छ । सेन्ट स्टीफन्स कलेज, दिल्ली विश्वविद्यालय, भारतबाट इतिहासमा स्नातक र मास्टर डिग्री पूरा गरेपछि, उहाले भारतको देहरादूनको दून स्कूलमा एक दशकभन्दा बढी समय शिक्षक र हाउस मास्टरको रूपमा काम गरिसक्नुभएको अनुभव छ ।
नवलपरासी पश्चिम १ बाट निर्वार्चित संघीय सांसद विनोद चौधरीले निर्वाचनको क्रममा यस क्षेत्र शैक्षिक सुधारमा आफ्नो प्राथमिकता रहने उद्घोष गर्नुभएको थियो । सोही अन्तर्गत सांसद चौधरीको निमन्त्रणमा शिक्षा बिज्ञ कपुर नवलपरासीमा आएर यहांको शैक्षिक गुणस्तरीय सुधार वारे सरोकारवाहरु संग छलफल गर्नुभएको हो ।
कार्यक्रमका प्रमुख अतिथी प्रदेश सभा सदस्य देवकरण प्रसाद कलवारले नेपालमा सरकारी पक्ष र निजी क्षेत्रको सहकार्यमा शैक्षिक क्षेत्रको विकास गर्न आवश्यक रहेको बताउनुभयो । चौधरी फाउण्डेसनको आयोजनामा भएको उक्त कार्यक्रममा जिल्ला स्थित विभिन्न पालिकाका प्रमुखहरु, शैक्षिक क्षेत्रका विज्ञहरु साथै निजी क्षेत्रका बिद्यालय सन्चालनहरुको समेत उपस्थिती रहेको थियो ।



Ads