ताजा अपडेटः

मधु सामुदायिक वनकाे वृक्षारोपण कार्यक्रमका वक्ताहरूद्वारा  वनलाई उपयाेग गर्न सके राम्रो आम्दानी गर्न सकिने धारणा

मधु सामुदायिक वनकाे वृक्षारोपण कार्यक्रमका वक्ताहरूद्वारा  वनलाई उपयाेग गर्न सके राम्रो आम्दानी गर्न सकिने धारणा प्रकाशित मिति: १५ भाद्र २०८०, शुक्रबार २०:५७

कल्पना खरेल, नवलपरासी । आज शुक्रबार मधु सामुदायिक वन उपभोक्ता समुहले वृक्षरोपण कार्यक्रम सम्पन्न गरेकाे छ ।
सामुदायिक वनका अध्यक्ष युबराज पुनको अध्यक्षता तथा रिटर्नी माइग्रेन्ट नेपाल नवलपरासी जिल्ला समितिका अध्यक्ष लेखनाथ न्यौपाने को प्रमुख आतिथ्यतामा उक्त वृक्षरोपण कार्यक्रम सम्पन्न भएकाे हाे ।
कार्यक्रममा  बाेल्दै प्रमुख अतिथि न्याैपानेले वनकाे संरक्षण गर्दै  वन क्षेत्रमा बनस्पती, फलफुल,जडिबिटी र नगदे घाँसबाली लगाएमा उपभोक्ताहरुलाई राम्रो फाइदा हुने बताउनुभयाे ।त्यसैगरी पशुपन्छि बिकाश समूहका नगर अध्यक्ष मोहन कार्कीले मधु सामुदायिक वन वडा न १० को अमुल्य धन बनाउनका लागि सबै उपभोक्ताहरु एकजुट भएर लागे वनबाट राम्रो आम्दानी  गर्न सकिने जानकारी दिनुभयाे ।
साेहि क्रममा बाेल्दै सिटिइभिटि प्रदेश न ५ पशु तथा कृर्षी प्रशिक्षक बिमल ढकालले तालिम लिएर वनमा जडिबुटि लगाउने,डाले घाँस उत्पादन गर्ने  र फलफुल उत्पादनमा लाग्दा आत्मनिर्भर बन्न सक्ने वातावरण निर्माण हुने धारणा राख्नुभयाे ।
कार्यक्रम उपाध्यक्ष पदम थापाकाे स्वागत र सचिव इश्वरी पाण्डेकाे संचालनमा सम्पन्न भएकाे थियाे ।



Ads