ताजा अपडेटः

“जनतासँग माओवादी विशेष रूपान्तरण अभियान” :- नेकपा माओवादी सुनवल नगर कमिटि अध्यक्ष मोहन कार्कि

“जनतासँग माओवादी विशेष रूपान्तरण अभियान”  :- नेकपा माओवादी  सुनवल नगर कमिटि अध्यक्ष मोहन कार्कि प्रकाशित मिति: १५ भाद्र २०८०, शुक्रबार २०:१९

कल्पना खरेल, नवलपरासी । नेपाल कम्युनिष्ट पार्टी ( माओवादी केन्द्र ) सुनवल नगर कमिटिले आज पत्रकार सम्मेलनकाे आयाेजना गरी “जनतासँग माओवादी विशेष रूपान्तरण अभियान ” शुरू गरेकाे बताएकाे छ । “घरघरमा माओवादी जनजनमा माओवादी ” भन्ने नारा सहित भाेली भदौ १६ गतेदेखि मंसिर १६ गते सम्म देशैभर काे ६७४३ वटै वडामा ३ महिने अभियान सुरू गरेकाे हाे ।
पत्रकार सम्मेलनमा बाेल्दै नेपाल कम्युनिष्ट पार्टी ( माओवादी केन्द्र ) सुनवल नगर कमिटि अध्यक्ष मोहन कार्किले भाेली   नेकपा माओवादी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ( प्रचण्डले ) देशैभरीका पार्टीका कार्यकर्तालाई एकैसाथ सम्बाेधन गर्ने कार्यक्रम रहेकाे बताउनुभयाे ।
उहाँले याे तीन महिने अभियानको मुख्य उदेश्य भनेकै जनतासँग पुग्ने,सदस्य संख्या बढाउने, जनताकाे गुनासाे सुन्ने, जनताको सराेकारका विषयलाई हल गर्ने , शिक्षा , स्वास्थ्य,कृषि ,राेजगार , खेलकुद लगाएतका क्षेत्रमा जाेड दिई जनताकाे साथमा रहि  पार्टी प्रति गुम्दै गएकाे भराेसालाई पुनह जागरुक गर्ने रहेकाे टिप्पणी गर्नुभयाे ।
पत्रकारसगँ १५ बुदा सहितकाे उदेश्यहरू सार्वजनिक गर्दै अध्यक्ष कार्किले  विगतमा पार्टीबाट भएका केही त्रुटीलाई सच्चाउदै रूपान्तरित भएर पार्टी अगाडि बढ्ने याेजनामा रहेकाेले ,चुनाैतीलाई सहर्ष स्वकारेकाे धारणा राख्नुभयाे ।
साथै उहाँले अब जनताकाे साथमा नेपाल कम्युनिष्ट पार्टी ( माओवादी केन्द्र ) पुन सकारात्मक परिमार्जन सहित आएकाे  भन्द‌ै जनताकाे बिचमा रहेर जनताकाे मन जितेरै देखाउने प्रतिबद्धता समेत व्यक्त गर्नुभयाे ।
त्यस्तै साेहि क्रममा बाेल्दै पार्टीका नगर इन्चार्ज बुद्दन अलिले लाेकतान्त्रिक गणतन्त्रका धेरै राम्रा उपलब्धिहरू माओवादी जनयुद्धकै देन भएकाे बताउदै अबकाे अभियान काे मुख्य उदेश्य भनेकै  अनियमितता र भ्रष्टाचारकाे विरूद्व भण्डाफाेर रहेकाे बताउनुभयाे ।



Ads