ताजा अपडेटः

पाल्पामा पहिरोले जीप पुर्दा तीन जनाको मृत्यु

पाल्पामा पहिरोले जीप पुर्दा तीन जनाको मृत्यु प्रकाशित मिति: १३ भाद्र २०८०, बुधबार १०:३२

पाल्पा । पाल्पाको जोर्तेमा पहिरोले जीप पुर्दा तीन जनाको ज्यान गएको छ भने ८ जना घाइते भएका छन् । गुल्मीको तम्घासबाट बुटवलका लागि छुटेको लु १ ज ४६०० नम्बरको जीप जोर्तेमा पहिरोमा पुरिएको हो । जीपमा रहेका दुई पुरुष र एक महिलाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय, पाल्पाले जनाएको छ।दुर्घटनामा घाइते भएका एक बालकसहित ८ जनालाई उपचारका लागि तानसेन पठाएको छ ।जीपलाई जोर्तेमा ढुङगासहितको पहिरोले पुरेको हो । दुर्घटनाको थप विवरण आउन बाँकी छ ।



Ads