ताजा अपडेटः

डिप्राेस लघुवित्त संस्था लि. शाखा कार्यालय वालिङद्वारा  छात्रवृत्ति रकम हस्तान्तरण

डिप्राेस लघुवित्त संस्था लि. शाखा कार्यालय वालिङद्वारा  छात्रवृत्ति  रकम हस्तान्तरण प्रकाशित मिति: १२ भाद्र २०८०, मंगलवार १८:३२

कल्पना खरेल, नवलपरासी । डिप्राेस लघुवित्त वित्तिय संस्था लि. शाखा कार्यालय वालिङले  संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत छात्रवृत्ति रकम हस्तान्तरण गरेकाे छ ।
टापुभङ्ज्याङ राष्ट्रिय मा.वि मा कक्षा ४ मा अध्ययनरत गरिब,जेहेन्दार ,दलित छात्रा विनिता सिकेलाई  आज मंगलबार उक्त  संस्थाले छात्रवृत्ति रकम हस्तान्तरण गरेकाे हाे ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डाेलराज तिवारी, निमित्त  प्र .अ राजकुमार विक,शाखाका कर्मचारी सुनिता थापाकाे उपस्थितिमा शाखा प्रवन्धक बासुदेव चाैलागाईले साे छात्रवृत्ति रकम हस्तान्तरण गर्नुभएकाे हाे ।
डिप्राेस लघुवित्त वित्तिय संस्था लि. सामाजिक उत्तरदायित्व अन्तर्गत देशैभरीका शाखाबाट विभिन्न सामाजिक कामहरू गर्दै आएकाे छ ।



Ads