ताजा अपडेटः

खाेलाकाे छेउमा मृत लास  फेला

खाेलाकाे छेउमा मृत लास  फेला प्रकाशित मिति: १० भाद्र २०८०, आईतवार १९:०२

कल्पना खरेल,नवलपरासी ।  आज आइतबार दिउँसो पश्चिम नवलपरासीकाे सरावल गा.पा.१ बासा स्थित भुलही खोलाले बगाएर ल्याएकाे अवस्थामा  एक मृत लास फेला परेकाे छ । मृतक सुनवल  न.पा. ११ धुर्कोटफेदी बस्ने अं. २९ वर्षका  विर बहादुर कुमाल रहेको मृतकको भाई राजु कुमालले बताएका छन् ।
उक्त लास खोला छेउमा घोप्टो अबस्थामा फेला परेको थियाे ।  घटनाकाे जानकारी प्राप्त हुनासाथ  प्रहरी चौकी बासाबाट प्र.स.नि. विरेन्द्र चौधरीको कमाण्डमा २ जना  र ई.प्र.का. बर्दघाट बाट प्र.नि. भिम बहादुर कार्कीको कमाण्डमा SOCO सहित टोली घटनास्थल पुगेकाे थियाे ।
मृत लासलाई जिल्ला अस्पताल परासीमा पाेष्टमाटम  पश्चात भाई राजु कुमाललाई  बुझाईएकाे  र अन्य अनुसन्धान कार्य भैरहेकाे प्रहरी नायव उपरीक्षक एवम् सूचना अधिकारी भाेजराज पाण्डेले बताउनुभएकाे छ ।