ताजा अपडेटः

मूलपानी सामुदायीक वनद्वारा  आर्थिक वर्ष २०७९/०८० को कार्य प्रगति तथा लेखा परीक्षण सार्वजनिकीकरण

मूलपानी सामुदायीक वनद्वारा  आर्थिक वर्ष २०७९/०८० को कार्य प्रगति तथा लेखा परीक्षण सार्वजनिकीकरण प्रकाशित मिति: ९ भाद्र २०८०, शनिबार २१:२६

कल्पना खरेल,नवलपरासी  । मूलपानी सामुदायीक वन उपभोक्ता समुह सुनवल ४ पश्चिम नवलपरासीले आर्थिक वर्ष २०७९/०८० को कार्य प्रगति तथा लेखा परीक्षण सार्वजनिकीकरण गरेकाे छ । शुक्रबार एक कार्यक्रमकाे आयाेजना गर्दै  उक्त सामुदायिक वनका अध्यक्ष यज्ञ प्रसाद पाण्डेले गत वर्षको आर्थिक कार्य प्रगति तथा आगामी कार्ययोजना सार्वजनिक गर्नुभएकाे हाे ।
लुम्बिनी प्रदेश सांसद  खड्ग बस्नेतकाे प्रमुख आतिथ्यतामा भएकाे कार्यक्रममा वडा नम्बर ४ का वडा अध्यक्ष बालकृष्ण पङ्गेनीले विचमा समय मागी वार्षिक ३ कराेडकाे कार्ययोजना गर्दै गर्दा स्थानीय सरकारलाई किन बाइकट गरियाे भनेर प्रश्न गर्नुभयाे । साथै उहाँले वडा नम्बर ४ काे क्षेत्राधिकार भित्र रहेकाे सामुदायिक वन,संघसंस्था, विद्यालय लगाएतका क्षेत्रमा  देखिएका समस्याप्रति वडा अध्यक्ष भएकाे हैसियतले आफु जवाफदेहि हुनुपर्ने दायित्व  भएका कारण सहकार्य नगर्नु दुखद भएकाे टिप्पणी गर्नुभयाे ।
उता प्रमुख अतिथि प्रदेश सांसद बस्नेतले सामुदायिक बनले स्थानीय सरकार सगँ  समन्वय गरेर अगाडि बढ्नुपर्ने सुझाव दिदै सामुदायिक वनले वन पैदावारलाई मात्र नभइ प्राकृतिक सम्पदाको समेत सरंक्षण गर्नुपर्ने धारणा राख्नुभयाे ।
त्यसैगरी सांसद बस्नेतले  देशमा प्रयाप्त काठ उपलब्ध हुँदा हुँदै पनि विदेशबाट काठ आयात गर्नुपर्ने बाध्यताकाे अन्त्य गर्न वन ऐनलाई केही लचकता गरिनुपर्ने बताउनुभयो  ।
उता डिभीजन वन कार्यालय परासीका प्रमुख महेन्द्रराज वाग्लेले गत वर्ष १० वटा वनलाई रुख कटानको लागि स्वीकृति दिएको भन्दै  पहिलाे पटक सामुदायिक वनले यसरी कार्य प्रगति तथा लेखा परीक्षण सार्वजनिकीकरण गर्नु पार्दर्शिताकाे परिचय भएकाे उल्लेख गर्नुभयाे   ।
यस्तै महाकवि देवकोटा क्याम्पसका अध्यक्ष कृष्णप्रसाद लामिछानेले  वनमा आगो लागि हालेमा निभाउनका लागि सुनवलमा दमकल नरहेकाेले  मूलपानी सामुदायिक वनले स्थानिय सरकारसगँ  समन्वय गरि  दमकलको व्यवस्था गर्नुपर्ने बताउनुभयो ।
यसैगरी उहाले वनले आफ्नाे क्षेत्रमा जाने बाटाेहरू ,फुलबारी , पार्क निर्माण गरी  समाजप्रति उत्तरदायित्व निर्वाह गर्दै सामाजिक कामका क्षेत्रमा हातेमालाे गर्नुपर्ने सुझाव दिनुभयो ।
कार्यक्रममा सुनवल नगरपालिका वडा नं १ का वडा अध्यक्ष मन बहादुर थापा, जन उदय सामुदायीक वन उपभोक्ता समुहका अध्यक्ष बल बहादुर थापा, मिलिजुली आमा समुह अध्यक्ष ज्ञानु गौतम, उमाकान्त उपाध्याय ,सहिद विष्णु पाण्डे प्रतिष्ठानका अध्यक्ष लोक प्रसाद श्रेष्ठ, उपभोक्ता रेशमलाल पौडेल लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
उपाध्यक्ष प्रभु लाल मोर्यको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन सचिव समीक्षा सिन्जापतिले गर्नु भएको थियो।



Ads