ताजा अपडेटः

सिद्धार्थ शिशु सदन सेकेन्डरी बोर्डिङ स्कुलद्वारा विद्यार्थीलाई अतिरिक्त क्रियाकलापमा सक्रिय गराइदै

सिद्धार्थ शिशु सदन सेकेन्डरी बोर्डिङ स्कुलद्वारा विद्यार्थीलाई अतिरिक्त क्रियाकलापमा सक्रिय गराइदै प्रकाशित मिति: ८ भाद्र २०८०, शुक्रबार २०:१८

कल्पना खरेल,नवलपरासी । शुक्रबार नियमित अतिरिक्त क्रियाकलापमा विद्यार्थीलाई सक्रिय बनाउदै आएकाे सिद्धार्थ शिशु सदन सेकेन्डरी बोर्डिङ स्कुल सुनवल-४ पश्चिम नवलपरासीले आजपनि विद्यार्थीलाई विभिन्न सिपमुलक क्रियाकलाप गराएकाे छ ।
कक्षा १ देखी ९ सम्मका विद्यार्थी भाईबहिनीलाई व्यवहारीक सिप सिकाउने क्रममा आउदै गरेका रक्षा बन्धनको अवसर पारी राखी बनाउन सिकाईएकाे छ ।

त्यसैगरी कक्षा १० मा अध्ययनरत विद्यार्थीहरूले भने विज्ञान सम्बन्धि रोचक कार्यहरू Grass Cutter , Dozer बनाएका छन् ।
साेहि क्रममा केही विद्यार्थी भाइबहिनीरूले आफ्नाे कक्षा कोठामा रंग लगाईरहेका थिए । सिद्धार्थ शिशु सदन सेकेन्डरी बोर्डिङ स्कुलले विद्यार्थीहरूलाई पढाई सगै सिप मुलक शिक्षा दिदै आएकाे विद्यालयका प्राचार्य पदमचन्द्र ठकुरीले बताउनुभएकाे छ ।



Ads