ताजा अपडेटः

जुनसुकै विद्यालयबाट +2 प्रथम विद्यार्थीलाई साेमनाथ बाबा क्याम्पसले फुल स्कलरसिप दिदै

जुनसुकै विद्यालयबाट +2 प्रथम विद्यार्थीलाई साेमनाथ बाबा क्याम्पसले फुल स्कलरसिप दिदै प्रकाशित मिति: ८ भाद्र २०८०, शुक्रबार ०८:३९

कल्पना खरेल,नवलपरासी । साेमनाथ बाबा सेकेण्डरी स्कुलले  +२ पास भएका विद्यार्थीलाई विहिबार बधाई तथा शुभकामना कार्यक्रमकाे आयाेजना गरेकाे छ । विद्यालयका प्राचार्य  रेश्मीराज बस्यालकाे सभापतितब र  विद्यालय संचालक समितिका अध्यक्ष  रामचन्द्र पाैडेलकाे प्रमुख आतिथ्यमा भएकाे उक्त कार्यक्रममा उच्चा शिक्षा अध्ययनकाे लागि याेग्य २२ जना विद्यार्थीलाई सम्मान गरिएकाे हाे ।
साेहि क्रममा बाेल्दै कार्यक्रमका प्रमुख अतिथि विद्यालय संचालक समितिका अध्यक्ष  रामचन्द्र पाैडेलले विद्यालय गुणस्तरीय शिक्षा दिन सदैव कटिबद्ध रहेकाे बताउदै आफ्नाे क्षमता , रूचिलाई चाहना र आवश्यवतालाई बुझेर अध्ययन गरे  सफलता प्राप्तिमा दुईमत नरहेकाे विचार व्यक्त गर्नुभयाे ।
त्यस्तै क्याम्पस प्रमुख थमन सेरचनले पछिल्लो पटक आएर उच्चशिक्षा अध्ययनका लागि बाहिर बढ्न जाने ट्रेन प्रति इङ्कित  गर्दै बाहिरै पढ्न जाने हाे भने समय खेर नफाल्न आग्रह गर्नुभयाे ।
उहाँले उच्च शिक्षाका लागि BBA  र BBS मा भिन्नता नभएकाले सरकारी जागिर र बैंकिङ क्षेत्रमा अबसर बराबर रहेकाे उल्लेख गर्दै कम खर्चिलोलाई मुल्यांकन गर्दा BBS पनि उत्तिकै महत्त्वपूर्ण रहेकाे बताउनुभयाे ।
कुनैपनि विद्यालयबाट +२ मा प्रथम भएका विद्यार्थीलाई ( फुल स्कलरसिप ) १ हजार १ सय मै  BBS  भर्ना गरिने, गाडिभाडा शुल्क नलाग्नुका साथै ५० प्रतिशत डिस्काउण्टमा एकाउन्ट नलेज दिइने, व्यवहारीक शिक्षाका लागि विद्यार्थीलाई बेङ्किङ ट्रेनिङकाे व्यवस्था गर्ने र इ लाइब्रेरीकाे समेत व्यवस्था गरिएकाे  क्याम्पसकाे नयाँ याेजनाका विषयमा जानकारी गराउनुभयाे ।
२०५६ सालमा स्थापना २०५८ सालदेखि see , २०६० सालबाट +2 हुदै २०६४ सालदेखि BBS कक्षा संचालन गर्दै आएकाे यस विद्यालयमा अध्ययनका लागि बास्सा,जर्गाहा, मिस्राैली, हर्कट्टा, भूाहि, परासी, बडेरा, स्वाठि, सुनवल लगायतका क्षेत्रबाट आउने गर्छन् ।
शिक्षक दुर्गा प्रसाद न्याैपानेकाे संचालन, +2 संयाेजक
खगराज उपाध्यायकाे स्वागत रहेकाे कार्यक्रममा प्रथम विद्यार्थी अनिषा चाैधरीले आफ्ना अनुभव साटेकि थिइन् भने  शिक्षक नरिश्वर पाैडेलले उज्ज्वल भविष्यकाे कामना गर्नुभएकाे थियाे ।



Ads