ताजा अपडेटः

सुनवल मगरघाटमा फेला परेकाे बेवारिसे शबकाे सनाखत

सुनवल मगरघाटमा फेला परेकाे बेवारिसे शबकाे सनाखत प्रकाशित मिति: ६ भाद्र २०८०, बुधबार २०:१३

कल्पना खरेल,नवलपरासी । आज बुधवार दिउसो पश्चिम नवलपरासीको सुनवल १३ मगरघाट मा फेला परेको बेवारिसे शवको सनाखत भएको छ । मृतक रुपन्देही देवदह नगरपालिका टटेरा निवासी वर्ष ५५ का इन्द्र प्रसाद थारु रहेकाे इलाका प्रहरी कार्यालय सुनवलले जनाएकाे  छ ।
सनाखत  मृतकको  छोरा चन्द्रिका थारुले गरेका छन्  भने थप अनुसन्धानका लागि शव पृथ्वी चन्द्र अस्पताल परासीमा राखिएको छ । उनकाे  दिउँसो  अन्दाजी १:३० वजे स्थानीय  गोठालाहरुले शव देखे पछि प्रहरीलाई खवर गरेका थिए ।



Ads